Year: 2026

काठमाडौँ । २०८२ साल पौष १८ गते शुक्रबार तदनुसार २ जनावरी २०२६ । चतुर्दशी तिथी २८ घडी ३५ पला उप्रान्त पूर्णिमा तिथी प्रारम्भ हुनेछ । मृगशिरा नक्षत्र ३३ घडी ५ पला उप्रान्त आरर्द्रा नक्षत्र प्रारम्भ हुनेछ । शुद्व योग गर करण आज बिहान सूर्योदय ६:५७ मा भयो भने सूर्यास्त साँझ ५:१९ मा हुनेछ । आज शुक्रबार चन्द्रमा बृष राशिमा ।

मेष
पराक्रममा वृद्धि भएर जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ । नयाँ कार्यको थालनी हुनेछ । आयार्जनमा वृद्धि हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय पाइनेछ। भोजभतेरमा सामेल हुने अवसर जुट्नेछ।

बृष
मान सम्मानमा आघात पुग्नेछ । शारीरिक आलस्यता बढेर जानेछ। चिसोले सताउने हुँदा सजगता अपनाउनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउने योग छ। थोरै कुरामा पनि पारिवारिक कलह बढेर जाने देखिन्छ।

मिथुन
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आकस्मिकरुपमा आयमा वृद्धि भएर जानेछ। मानसम्मानमा वृद्धि हुनुका साथसाथै सामाजिक काममा समेत समय व्यतित भएर जानाले ठूला व्यक्तिको प्रशंसानीय भइनेछ।

कर्कट
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आफन्तमा बहिरभाव आउने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ। पशु तथा चौपायाबाट घाटा भ्याउनुपर्ने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला ।

सिंह
वैदेशिक कार्यबाट लाभ लिन सकिने योग छ। बोलीमा माधुर्यता छाउनेछ। दाजुभाइमा भने कलह बढेर नजाला भन्न सकिँदैन। भोजभतेरमा सहभागी हुने अवसर प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।

कन्या
पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ। बोलीमा मिठास छाउनेछ। आकस्मिकरूपमा आयमा वृद्धि भएर जाने देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा हुनाले मनमा उत्साह उमङ्ग बढेर नजाला भन्न सकिँदैन।

तुला
बाेलीको प्रभाव बढेर जानेछ । पशु तथा चौपायाबाट मनग्य लाभ लिन सकिने देखिन्छ। लेखन शैलीमा तीव्रता आउनेछ। अनावश्यकरुपमा चल्दै आएको विवादको अन्त भएर जाने देखिन्छ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

बृश्चिक
धातुजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। साथीभाइको साथ सहयोग प्राप्त हुने देखिन्छ। बोलीमा माधुर्यता छाउनेछ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग रहेको छ।

धनु
नशासम्बन्धी समस्याले सताउने देखिन्छ । काममा ढिलासुस्ती भएर जानेछ। विपरीत लिङ्गीबाट जोगिनुपर्ने योग छ। जग्गा जमिनसम्बन्धी कामबाट धोका पाइनुले मानसिक तनाव बढेर जाने देखिन्छ । सजगताका साथ अगाडि बन्नुहोला ।

मकर
गरिरहेको काममा बाधा आउनेछ । लेखन शैलीमा कमी आउने देखिन्छ। विश्वास गरेका आफन्तबाट धोका पाइने योग छ। थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। शारीरिक आलस्यता बढ्ने देखिन्छ।

कुम्भ
धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। पठनपाठनमा सफलता पाइने देखिन्छ। बोलीमा मिठास छाउनेछ। लेखन शैलीमा तीव्रता आउनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। नयाँवस्त्र प्राप्त हुने देखिन्छ।

मीन
न्यायिक तथा सामाजिक काममा सफलता पाइने योग छ। शैक्षिक क्षेत्रमा वृद्धि भएर जानेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिने योग छ। बोलीमा आएको परिवर्तनले परिवारमा नयाँ खुसी छाउनेछ।

Rasifal 1 1536x864 1

January 2, 2026, Jyotishsanchar press

काठमाडौँ । करिब ६५ लाखभन्दा बढी चोरीका नगद तथा गरगहनासहित एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका ४ वालुवाटारमा स्टाेर्म नेटवर्क प्रा.लि.को ४८ लाख ७२ हजार छ सय बीस र इको भ्याली प्रा.लि.को आठ लाख ५८ हजार पाँच सय एकचालीस रुपैंयाँ चोरी गर्ने काठमाडौँ महानगरपालिका २ खुर्सानीटार बस्ने वर्ष २४ का दुर्गाबहादुर के.सी. पक्राउ परेका हुन् ।

पुस १२ गते राति चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरसमेतको समन्वयमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरिएको हो ।

निजको साथबाट नगद रकम ६५ लाख १७ हजार एक सय चालीससहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान २८, चाँदी जस्तो देखिने सेतो धातुको थान १ र डेल कम्पनीको ल्यापटप थान १ बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

January 2, 2026, Jyotishsanchar press

धुलिखेल । तथ्याङ्क समन्वय कार्यालय काभ्रेले तथ्याङ्क दिवस २०८२ को अवसरमा बिहीबार जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रमकाे आयोजना गरेको छ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यालयका तथ्याङ्क समन्वय अधिकारी दिपक कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । आधिकारिक तथ्याङ्क, पारदर्शी शासन भन्ने नारासहित तथ्याङ्क दिवस मनाइएको हाे।

कार्यक्रममा तथ्याङ्क समन्वय अधिकारी कोइरालाले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले आफूहरुले तथ्यांकहरुकाे संकलन गर्ने काम गरिरहेकाे भए पनि त्यसलाई नागरिकसामु प्रवाह गर्ने काम पत्रकारहरुले गरिरहेकाे बताउँदै तथ्यांकमा अवधारणा र विधि हुने प्रष्ट पार्नुभयाे । उहाँले कुनै पनि तथ्यांक संकलन गर्दा तथ्यांककाे गुणस्तरमा ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे । आगामी चैत १ गतेदेखि राष्ट्रिय गणना हुने उहाँले जानकारी दिनुभयाे ।

विसं २०१५ साल पुस १७ गते पहिलाे पटक तथ्यांक संकलन भएकाे मितिलाई आधार बनाएर हरेक वर्ष पुस १७ गतेलाई तथ्यांक दिवसकाे रुपमा मनाउने गरिन्छ । यसैक्रममा आज तथ्यांक समन्वय कार्यालय काभ्रेले पनि अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनाेदकुमार न्याैपानेले सही तथ्यांक संकलन गर्ने काममा कार्यालयले कुनै कन्जुस्याईं नगराेस् भन्दै शुभकामना दिनुभयाे । उहाँले यसका लागि संचारमाध्यमका तर्फबाट गर्नु पर्ने सहयाेगका लागि आफूहरु सधैं तयार रहेकाे बताउनुभयाे । उहाँले पत्रकार र तथ्याङ्क कार्यालयबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयाे ।

606901024 26561588740108335 6044759110316816004 N

January 1, 2026, Jyotishsanchar press

काठमाडौँ। नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौँकाे गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासमेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हाे।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

January 1, 2026, Jyotishsanchar press

उदयपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ गवुवा बस्ने ३० वर्षीय अजय तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

January 1, 2026, Jyotishsanchar press

काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतिताेला एक हजार चार सयले घटेकाे हाे ।

याे हप्ता आइतबार सुनको मूल्य १ हजार ३०० ले बढेको थियाे । साेमबार ६०० ले घट्याे भने मंगलबार एकै दिन ७ हजार ९०० ले घटेकाे थियाे । बुधबार पनि एक हजार एक सयले घट्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला २ लाख ५९ हजार ६०० मा कारोबार भइरहेको छ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।‌ आज चाँदी ५५ रुपैयाँले घटेको हो। यससँगै ४ हजार ४१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।‌

Gold

January 1, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

Dolor

January 1, 2026, Jyotishsanchar press

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जसले गर्दा हाल तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Mausam 11 Lbu2jteuoh

January 1, 2026, Jyotishsanchar press

काठमाडाैँ । २०८२ साल पौष १७ गते बिहीबार तदनुसार १ जनवरी २०२६ । त्रयोदशी तिथी ३४ घडी १८ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ हुनेछ । रोहिणी नक्षत्र ३७ घडी ४ पला उप्रान्त मृगशिरा नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग कौलव करण आज बिहान सूर्योदय ६:५६ मा भयो भने सूर्यास्त साँझ ५:१८ मा हुनेछ । आज बिहीबार चन्द्रमा बृष राशिमा ।

मेष
शेयर बजारबाट घाटा बेहोर्नुपर्नेछ। दौडधुपमा समय व्यतित भएर जानेछ। बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढेर जानेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन्। पठनपाठनमा असफलता प्राप्त हुनाले मानसिक तनाव बढेर जानेछ।

वृष
व्यापार व्यवसायमा सफलता पाइने योग छ । सौन्दर्यतामा मन जानेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। सवारी साधन जोडिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ। उच्च व्यक्तिको सहयोग पाइनेछ।

मिथुन
कुरा काट्नेहरु सक्रिय रहनेछन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने योग छ। पारिवारिक कलह बढेर जानेछ। पठनपाठनमा बाधा आउने योग छ।

कर्कट
बाेलीको प्रभाव पढेर जानेछ । हराएको धनमाल भेट्टाउन सक्ने सम्भावना प्रवल मात्रामा बढेर गएको छ। सामाजिक काममा समय व्यतीत भएर जाने योग छ। भूमिसम्बन्धी कामबाट राम्रै आम्दानी हुनाले सबैको विश्वासिलो भइनेछ।

सिंह
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। मानसम्मानमा आघात पुग्नेछ। आर्थिक लेनदेनमा थोरै कुरामा पनि वादविवाद बढेर जाने देखिन्छ । अध्ययन अध्यापनमा बाधा आउनुका साथसाथै झुटा आरोपको समेत सामना गर्नुपर्ने योग छ।

कन्या
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। थोरै कुरामा पनि पारिवारिक कलह बढेर जानेछ। न्यायिक काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।

तुला
शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ। लेखन शैलीमा तीव्रता आउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानुका साथसाथै प्रेम गर्ने अवसर समेत जुट्नेछ।

वृश्चिक
अग्र कामहरू पूरा भएर जानेछन्। अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ। पारिवारिक सरसहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

धन
पारिवारिक कलह बढेर जानेछ । गरिरहेको काममा बाधा आउने योग छ। मान प्रतिष्ठामा आँँच आउने देखिन्छ । शत्रु पक्षबाट जोगिनुपर्ने योग छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनुका साथसाथै जागिरमा समेत अपजसको सामना गर्नुपर्नेछ।

मकर
शिरसम्बन्धी समस्याले सताउने देखिन्छ। थोरै कुरामा कलह बढेर जाने योग छ। आफन्तमा बहिरभाव आउने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मानसिक तनाव बढेर जानुका साथसाथै राज्य पक्षबाट समेत कष्टता पाइने योग छ।

कुम्भ
पराक्रम बढेर जानेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्ने योग छ। दाजुभाइको सरसहयोगले मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ । नयाँ कार्यको थालनी हुनेछ ।

मीन
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। आयआर्जनमा वृद्धि भएर जानेछ। न्यायिक कार्यमा सफलता पाइने योग छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित गरिनेछ।

Rasifal 1 1536x864 1

January 1, 2026, Jyotishsanchar press

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतकाे नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् ।

विभिन्न संवतकाे अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सनकाे प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।

३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकमासको व्यवस्था गरिएको छ ।इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए ।

पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

Naya Barsha

January 1, 2026, Jyotishsanchar press