Arniko Rajmarga
काठमाडौँ । केही दिनदेखि परेकाे अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण मुख्य राजमार्गहरूमा भएकाे अवरोध अझै कायम छ। अहिले पनि कोशी, बागमती र गण्डकी प्रदेशका ५ वटा जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएकाे नेपाल प्रहरीले जनाएकाे छ।
कोशी प्रदेशकाे सङ्खुवासभास्थित भोटखोला गाउँपालिका–५ मा बरुणखोला नजिक कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। यस्तै इलाम जिल्लाभित्रको मेची राजमार्गमा राती सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यहाँ राति ११ बजेदेखि बिहान ०६ बजेसम्म पूर्णरूपमा रोक लगाइएको जनाएको छ ।
उता धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फीरूपमा सुचारु छ। बागमती प्रदेशमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीनलाई जोड्ने पुल पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै गोसाईंकुण्ड गाउँपालिका–२ मा तातोपानी, बालुवाखानी, घट्टेखोला र फ्याङलुङस्थित सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ।

November 3, 2025, Jyotishsanchar press