आठ दशमलव २४ अङ्कले घट्याे नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज गिरावट देखिएको छ। नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेकाे हाे । यससँगै नेप्से दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको छ।

आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री भए । जसमा छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर रहेको छ।

Nepse Down

November 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको