Gold
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै बढेकाे छ। आज सुन तोलामा २ हजार ९०० रुपैयाँ बढेको हाे ।
आइतबार तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य ५० रुपैंयाँ बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

November 10, 2025, Jyotishsanchar press