Nepali Congress
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको बैठक आज बस्न लागेकाे हाे ।
बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ ।

November 11, 2025, Jyotishsanchar press