Rasifal 3
बनेपा । २०८२ साल मार्ग १ गते सोमबार तदनुसार १७ नोभेम्बर २०२५ । त्रयोदशी तिथी ६० घडी ० पला चतुर्दशी तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र ५८ घडी ५२ पला उप्रान्त स्वाती नक्षत्र प्रारम्भ हुनेछ । पृती योग गर करण आज बिहान सूर्योदय ६:२६ मा भयो भने सूर्यास्त साँझ ५:०९ मा हुनेछ। आज सोमबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।
वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा परिवर्तन आउने देखिन्छ। थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको देखिन्छ।
मिथुन राशि
अधुरा काम पूरा भएर जानेछ । लेखनशैलीमा तिव्रता आउने देखिन्छ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै लाभ लिन सकिनेछ। आफन्तको सर सहयोग पाइनुले काममा थप लगानी बढाइने योग छ।
कर्कट राशि
पराक्रम बढेर जानेछ । मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ । पठनपाठनमा प्राप्त सफलताले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
सिंह राशि
गरिरहेको काममा बाधा आउनेछ। नशासम्बन्धी समस्याले सताउने योग छ । मानसम्मानमा आघात् पुग्नेछ। आफन्तबाट अपहेलित भइनुका साथै राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ । फसेको मन उठ्न सक्ने सम्भावना बढेर गएको छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । सौन्दर्यतामा मन जाने देखिन्छ।
तुला राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउने योग छ।
वृश्चिक राशि
बौद्धिक कार्यमा प्रगति भएर जाने देखिन्छ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जाने योग छ। मानसम्मानमा वृद्धि हुनेछन्। लेखन शैलीमा तीव्रता आउनाले मनमा खुसी छाउनेछ। प्रेम गर्ने अवसर मिल्नेछ।
धनु राशि
सानो कुरामा पारिवारिक कलह बढेर जानेछ। लेखन शैलीमा कमी आउनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ । राज्यपक्षबाट समेत कष्टता पाइने देखिन्छ । शत्रु पक्षबाट जोगिनु पर्नेछ।
मकर राशि
आँखासम्बन्धी समस्याले सताउने योग छ । बोलीमा परिवर्तन आउनेछ। मानसम्मानमा आघात पुग्नुका साथै परिवारमा अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
कुम्भ राशि
बोलीको प्रभाव बढेर जानेछ । सामाजिक उत्तरदायित्व बढेर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । पठनपाठनमा सफलता प्राप्त गर्नाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
मीन राशि
बोलीमा माधुर्यता छाउनेछ। भौतिक साधनको खरिद गरिने योग छ । लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।

November 17, 2025, Jyotishsanchar press