Gold
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै घटेकाे छ। आइतबार प्रतिताेला ६ हजार नौ सयले घटेको सुन साेमबार ५०० ले बढेकाे थियाे ।
तर आज तीन हजार आठ सयले घटेकाे छ। यससँगै आज प्रतिताेला २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि ६५ रुपैयाँले घटेको छ । यससँगै आज ३ हजार ९० रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

November 18, 2025, Jyotishsanchar press