Pashupati Mandir
काठमाडौँ । हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्व आज
मनाइँदैछ।
यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिने परम्परा रहेकाे छ।
मार्ग शीर्ष कृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन्।
शतबीज छर्न पशुपतिनाथलगायत शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

November 19, 2025, Jyotishsanchar press