Nepse Down
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.९८ अंकले घटेको छ।
नेप्से घटेर २ हजार ५६१.०८ बिन्दुमा पुगेको हो । आज आज ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँको कारोबार भएकाे छ ।
आज ७७ वटा कम्पनीको मूल्य बढ्यो भने ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर, १७० वटा कम्पनीको मूल्य घटेकाे छ । ९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज माबिलुङ इनर्जीका बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा कमाए । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

November 19, 2025, Jyotishsanchar press