Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
सप्तरी । कञ्चनरूप नगरपालिका-२ बरमझियाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ७८ किलोसहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय संजय श्रेष्ठलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरी समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.५ ख ५३५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्सबटम बनाई २८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक संजयलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

November 21, 2025, Jyotishsanchar press