प्रतिताेला एक हजार तीन सय रुपैंयाँले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला एक हजार तीन सयले घटेकाे हाे। यससँगै आज प्रतिताेला २ लाख ४१ हजार सात सय रुपैंयाँ कायम भएको छ।

याे हप्ता आइतबार प्रतिताेला ६ हजार नौ सयले घटेको सुन साेमबार ५०० ले बढेकाे थियाे । मंगलबार तीन हजार आठ सयले घटेकाे थियाे । बुधबार दुई हजार आठ सयले बढ्याे । बिहीबार सात सय रुपैंयाँले बढेकाे थियाे ।

यस्तै चाँदीको मूल्य पनि ८५ रुपैंयाँले घटेको छ । यससँगै आज चाँदी ३ हजार एक सय रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

Gold

November 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको