Rasifal 2
बनेपा । २०८२ साल मार्ग ९ गते मंगलबार तदनुसार २५ नोभेम्बर २०२५ । पञ्चमी तिथी ३१ घडी ४७ पला षष्ठी तिथी प्रारम्भ हुनेछ । उत्तरषाढा नक्षत्र ३७ घडी १३ पला उप्रान्त श्रवण नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग कौलव करण आज बिहान सूर्योदय ६:३४ मा भयो भने सूर्यास्त साँझ ५:७ मा हुनेछ । आज मंगलबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
गरिरहेको काममा बाधा आउनेछ। दाजुभाइमा अनावश्यकरुपमा मनमुटावको सामना गर्नुपर्ने देखिन्छ। स्थायी सम्पत्तिमा विवाद आउनुका साथै धनमालसमेत हराउन सक्ने सम्भावना बढेर गएको छ।
वृष राशि
पशु तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। लेखनशैलीमा कमी आउने योग छ। झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आर्थिक क्षेत्रमा नयाँ बाटाहरू प्रशस्तरुपमा सञ्चालनमा आउने देखिन्छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसनीय बनाइनेछ।
कर्कट राशि
पुराना साथीभाइसँग भेटघाट हुनाले काममा थप लगानी बढाइने देखिन्छ। आयमा वृद्धि भएर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । भोजभतेरमा सहभागी भइनेछ।
सिंह राशि
पठनपाठनमा बाधा हुनेछ । व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ। राज्यपक्षबाट कष्टता पाइनुका साथै स्वास्थ्यमा समेत गडबढ आउनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा बाधा हुनुका साथै बाहनसम्बन्धी समस्याले सताउने देखिन्छ।
तुला राशि
विपरीत लिंगीबाट आकर्षण भइने योग छ। रोकेका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । तर्कवितर्कमा तपाईँकै जित हुनेछ । आकस्मिकरुपमा धनलाभ मिल्नेछ।
वृश्चिक राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ। लेखनशैलीमा तीव्रता आउनेछ। आकस्मिकरुपमा धर्मकर्मतर्फ मन जानाले मनमा खुसी छाउने छ।
धनु राशि
मानसम्मानमा आघात पुग्नेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएकाले सजगता अपनाउनुहोला।
मकर राशि
सौन्दर्यतामा मन जानेछ। चाँदी जन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । आयमा वृद्धि कार्यमा प्रगति भएर जानाले सबैको विश्वास जित्न सकिने योग छ।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएको छ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा बाधा आउनेछ। धनमाल हराउन सक्ने देखिन्छ।
मीन राशि
दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ । पशु तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। भोजभतेरमा सहभागी भइनुले सबैको विश्वास जित्न सकिने योग छ।

November 25, 2025, Jyotishsanchar press