Gold
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। आज प्रतिताेला पाँच हजार दुई सय रुपैंयाँले बढेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ४७ हजार ९०० रुपैंयाँ कायम भएको छ।
आइतबार प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घटेकाे थियाे ।
यस्तै आज चाँदीको मूल्य पनि ८५ रुपैंयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार दुई सय रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

November 25, 2025, Jyotishsanchar press