Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
सुर्खेत । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतकाे पञ्चपुरी नगरपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र अर्याललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पञ्चपुरी नगरपालिका-१ बाचकाडाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

November 25, 2025, Jyotishsanchar press