Share
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ५.३२ अंकले बढेको छ।
यससँगै नेप्से बढेर २ हजार ६५५.९९ बिन्दुमा पुगेको छ। आज ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ।
मंगलबार १२२ वटा कम्पनीको मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको मूल्यमा गिरावट आयो । १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
आज झापा इनर्जीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने जोशी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

November 25, 2025, Jyotishsanchar press