Gold
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला नाै सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५२ हजार ४०० रुपैंयाँ कायम भएको छ।
याे हप्ता आइतबार सुनको मूल्य १ हजार ६ सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला १ हजार ४ सय रुपैंयाँले बढेकाे थियाे । मंगलबार तीन सय रुपैंयाँले घट्याे भने बुधबार प्रतिताेला आठ सय रुपैंयाँले बढेकाे थियाे । बिहीबार प्रतिताेला आठ सय रुपैंयाँले घटेकाे थियाे ।
यस्तै चाँदीको मूल्य पनि आज ७० रुपैंयाँले घटेको छ। यससँगै आज चाँदी ३ हजार ५ सय ५५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

December 5, 2025, Jyotishsanchar press