Rasifal 1
बनेपा । २०८२ साल मार्ग २० गते शनिबार तदनुसार ६ डिसेम्बर २०२५ । द्वितीया तिथी ४५ घडी ३४ पला तृतीया तिथी प्रारम्भ हुनेछ । मृगशिरा नक्षत्र १३ घडी २२ पला उप्रान्त अरद्रा नक्षत्र प्रारम्भ हुनेछ । साध्य योग तैतिल करण आज बिहान सूर्योदय ६:४२ मा भयो भने सूर्यास्त साँझ ५:७ मा हुनेछ । आज शनिबार चन्द्रमा मिथुन राशिमा ।
मेष राशि
रोकिएका कामहरू पुन: सञ्चालनमा आउने देखिन्छ। आयमा वृद्धि भएर जानेछ। आकस्मिकरुपमा धनलाभ मिल्नेछ । पठनपाठनमा प्राप्त सफलताले ठूला व्यक्तिको समेत प्रशंसानीय भइने देखिन्छ।
वृष राशि
नशासम्बन्धी समस्याले सताउनेछ। पारिवारिक कलह बढेर जानेछ। सञ्चित धनको नाश हुने देखिन्छ। आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग रहेको छ । धनमाल हराउन सक्नेछ।
मिथुन राशि
पठनपाठनमा सफलता पाइने योग छ। पराक्रम बढेर जानेछ। धार्मिक यात्राको अवसर मिल्नेछ। पारिवारिक सरसहयोगले कार्यमा थप हौसला मिल्नुका साथै भोजभतेरमा समेत सहभागी भइनेछ।
कर्कट राशि
पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। लेखनशैलीमा तीव्रता आउनुका साथै स्वास्थ्यमा समेत सुधार भएर जानेछ।
सिंह राशि
अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ। बोलीमा कठोरता आउनेछ। आर्थिक क्षेत्रमा ह्रास आउनुका साथै आफूले गरिरहेको काममा बाधा आउनाले मानसिक तनाब बढेर जानेछ।
कन्या राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। न्यायिक कार्यमा बाधा आउनेछ। लेखन शैलीमा ह्रास आउनुका साथै अनावश्यक विवाद बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
काममा ढिलासुस्ती भएर जानेछ। प्रशासनिक काममा बाधा आउनेछ। हाड जोड्नेसम्बन्धी समस्याले सताउने देखिन्छ। सवारी साधनबाट समेत जोगिनुपर्ने योग छ । सजगताका साथ अगाडि बढ्नुहोला।
वृश्चिक राशि
पारिवारिक सरसहयोगले जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । नयाँ कार्यको थालनी हुनाले सबैको प्यारो बनिनेछ।
धनु राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बोलीमा मिठास आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। इलेक्ट्रिक सामानबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ।
मकर राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । आर्थिक लेनदेनमा वादविवाद बढेर जानेछ। अप्रत्यासित खबर सुन्नुपर्ने योग छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
कुम्भ राशि
न्यायिक कार्यमा बाधा आउने देखिन्छ। दाजुभाइमा अनावश्यकरूपमा कलह बढेर जानेछ । आम्दानीका स्रोतहरूमा कमी आउने देखिन्छ । बोलीमा कठोरता आउनाले काममा बाधा आउनेछ।
मीन राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जानेछ। नयाँ साथीको आगमनले कार्यमा थप लगानी बढाइने योग छ। लेखन शैलीमा वृद्धि भएर जानेछ। शैक्षिक क्षेत्रमा सफलता पाइने योग छ।

December 6, 2025, Jyotishsanchar press