Share
काठमाडौँ । बुधबार नेप्से परिसूचक १.३७ अंकले बढेकाे छ। यससँगै नेप्से २ हजार ५८५.८७ को विन्दुमा कायम भएको छ।
आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाखको कारोबार भएको छ ।
आज १११ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज एसवाई प्यानलको सर्वाधिक १४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

December 24, 2025, Jyotishsanchar press