Rasifal 1 1536x864 1
काठमाडौँ । २०८२ साल पौष १२ गते शनिबार तदनुसार २७ डिसेम्बर २०२५ । सप्तमी तिथी ५ घडी १७ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । उत्तरभाद्रा नक्षत्र ५५ घडी ४० पला उप्रान्त रेवती नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग भर करण आज बिहान सूर्योदय ६:५५ मा भयो भने सूर्यास्त साँझ ५:१५ मा हुनेछ । आज शनिबार चन्द्रमा मीन राशिमा ।
मेष
पैत्रिक सम्पत्तिको विषयलाई लिएर परिवारमा सानो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
वृष
पारिवारिक सुखशैल प्राप्त हुने योग छ। स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। सामाजिक काममा समय व्यतित हुने योग छ। नयाँ साथीको आगमन हुनेछ ।
मिथुन
मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।
कर्कट
परिवारमा असमान्जस्य वादविवादको सामना गर्नुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। बोलीमा कठोरता आउने योग छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ ।
सिंह
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। चोटपटकको सम्भावना बढेर गएको छ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
कन्या
न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ । शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिने योग छ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिनेछ। सौन्दर्यतामा मन जानाले मनमा उत्साह उमङ्ग बढेर नजाला भन्न सकिँदैन।
तुला
कुरा काट्नेहरू सक्रिय रहनेछन् । धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। परिवारमा अनावश्यकरुपमा कलह बढेर जानाले शत्रु पक्षबाट समेत जोगिनुपर्ने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।
वृश्चिक
काममा ढिलासुस्ती भएर जानेछ। शैक्षिक कार्यमा बाधा आउने देखिन्छ। राजनीति क्षेत्रमा कष्टता पाइने योग छ। पठनपाठनमा बाधा आउनुका साथसाथै अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ।
धनु
कृषि तथा चौपायाबाट लाभ लिन सकिनेछ। राजनीतिमा राम्रै आम्दानी गर्न सकिने योग छ। जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सक्नुका साथसाथै सामाजिक काममा समय व्यतित हुने र श्रव्य दृश्यमा मन जानाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
मकर
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। आकस्मिकरुपमा आम्दानी बढेर जानेछ। लामो दुरीको यात्राको अवसर जुट्ने देखिन्छ। नयाँ साथीको आगमनले काममा थप हौसला बढ्नुका साथसाथै लगानीसमेत बढाइने योग छ।
कुम्भ
व्यापार व्यवसायबाट घाटा व्याउनुपर्ने देखिन्छ । शैक्षिक क्षेत्रमा असफलता पाइने योग छ । साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।
मीन
मातृ सुखमा आनन्द प्राप्त हुने योग छ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। सौन्दर्यतामा मन जाने योग छ। भोजभतेरमा समेत सामेल हुने अवसर जुट्नेछ।

December 27, 2025, Jyotishsanchar press