Gold
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ। सुन प्रतितोला १ हजार ३०० ले बढेको हो। यससँगै आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० मा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ। आज चाँदी २७० रुपैयाँले बढेको हो। यससँगै ४ हजार ८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

December 28, 2025, Jyotishsanchar press