
हेटौँडा । नेकपा एमाले मकवानपुरले सोमबार हेटौँडामा गणतन्त्रको पक्षमा र्यालीसहित सिमाचोकमा जागरण सभा आयोजना गरेको छ ।
चार दिशाबाट र्याली निकालेर एमालेले सिमाचोकमा नेता र कार्यकर्तासहित जागरण सभा गरेको हो । सभामा एमालेका केन्द्रीय स्तरका नेताहरूले सम्बोधन गरेका थिए ।
र्याली हेटौँडाको पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि हुँदै सिमाचोकमा पुगेको थियो ।