Rasifal 1 1536x864 1
काठमाडौँ । २०८२ साल पौष १९ गते शनिबार तदनुसार ३ जनवरी २०२६ । पूर्णिमा तिथी २६ घडी १६ पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । आरद्रा नक्षत्र २९ घडी ३० पला उप्रान्त पुनर्बशु नक्षत्र प्रारम्भ हुनेछ । ब्रम्ह योग बायब करण आज बिहान सूर्योदय ६:५७ मा भयो भने सूर्यास्त साँझ ५:२० मा हुनेछ । आज शनिबार चन्द्रमा मिथुन राशिमा ।
मेष
पराक्रम बढेर जानेछ । विद्यामा सफलता पाइने योग छ। जग्गा जमिनसम्बन्धी साझेदारी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। सवारी साधन खरिद गरिने योग रहेको छ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ।
वृष
फलामसम्बन्धी कामबाट घाटा बेहोर्नुपर्ने देखिन्छ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने योग छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ। पठनपाठनमा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ।
मिथुन
अध्यापनमा सफलता पाइने योग छ। बाेलीको प्रभाव बढेर जानेछ। तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। अनावश्यक विवादको अन्त भएर जानेछ। प्रेमीप्रेमीकाबीच माधुर्यता छाउनेछ।
कर्कट
व्यर्थैमा झगडाको सामना गर्नुपर्ने देखिन्छ । दाजुभाइमा अनावश्यक विवाद बढेर जाने योग छ। शेयर कारोबारबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । व्यापार व्यवसायमा ह्रास आउनाले मनमा चिन्ता बढेर जाने योग छ।
सिह
बोलीमा मिठास छाउनेछ । पठनपाठनमा सफलता पाइने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
कन्या
पारिवारिक कलह बढेर जानेछ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढ्नुका साथसाथै अनावश्यकरुपमा खर्चको मात्रासमेत बढेर जाने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।
तुला
धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। परिवारमा मेलमिलाप बढेर जानुका साथसाथै जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। नयाँ साथीको आगमनले कार्यमा थप लगानी बढाइने योग छ।
वृश्चिक
शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ। अनावश्यकरुपमा हुँदै आएको खर्चमा कमी आउने देखिन्छ । मुद्दा मामिलामा तपाईंकै जित हुनुका साथसाथै कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । नयाँ साथीको आगमनसमेत हुनाले मनमा खुसी छाउनेछ।
धनु
आयआर्जनमा वृद्धि भएर जानेछ । आफन्तको सहयोगले नयाँ काम थालिने योग छ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। प्रेमीप्रेमीकाबीच माधुर्यता छाउनेछ।
मकर
सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ। विपरीत लिङ्गीबाट काममा बाधा र झुटा आरोपसमेत लाग्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
कुम्भ
झुटा आरोपको सामना गर्नुपर्नेछ । अनावश्यक यात्राको योग रहेको छ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पारिवारिक विवादले गर्दा सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ।
मीन
मुद्दा मामिलामा तपाईंकै जित हुने योग छ। राजनीतिक कार्यमा अगाडि बढ्ने देखिन्छ। पर्यटकीय क्षेत्रमा वृद्धि भएर जानेछ। काममा भएको लगनशीलता र सफलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। रोकिएका कामहरु पुनः सञ्चालनमा आउनेछन् ।

January 3, 2026, Jyotishsanchar press