Gold
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला एक हजार पाँच सय रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७६ हजार पाँच सय कायम भएको छ।
गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार एक सय रुपैँयाँले मूल्य बढेकाे थियाे । यो हप्ता आइतबार दुई हजार एक सय रुपैंयाँले बढेको थियो। साेमबार चार हजार एक सय रुपैँयाँले मूल्य बढ्याे । मंगलबार प्रतिताेला एक हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार एक हजार पाँच सयले बढेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि घटेकाे छ। १७० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ४८५ कायम भएको महासंघले जनाएकाे छ ।

January 15, 2026, Jyotishsanchar press