Bp Highway Roshi Kavre Sadak Bp 1749453254
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा आज साँझ ५ बजेदेखि भाेलि बिहान ६ बजेसम्म बीपी राजमार्गकाे काभ्रे भञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारी साधन संचालनमा निषेध गरेकाे छ ।
वर्षा भइरहेकाे र सडकमा दुर्घटना हुन सक्ने तथा नदीहरुमा वाढीकाे जाेखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुराेध गर्दै प्रशासनले बीपी राजमार्गकाे साे खण्डमा सवारी आवागमनमा निषेध गरेकाे हाे ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले आज एक सूचना जारी गर्दै आज र भाेलिसम्म माैसम पूर्वानुमान महाशाखाले अति जाेखिम जिल्लाकाे सूचीमा काभ्रेलाई पनि राखेकाे हुँदा सतर्कता अपनाउन अनुराेध गर्नुभएकाे हाे ।

October 30, 2025, Jyotishsanchar press