आज नेप्से परिसूचक ३४.२२ अंकले बढ्याे

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ ।

बुधबार २ हजार ५६६.१६ विन्दुमा झरेर रोकिएको नेप्से आज २ हजार ६००.३८ अंकमा उक्लेर रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स ५.४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ ।

कुल ३१९ स्टकको ५३ हजार ११२ पटकको कारोबारमा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर खरिद विक्री भए ।

Nepse Down

October 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको