Rasifal 3
काठमाडौँ । २०८२ साल कार्तिक १८ गते मंगलबार । तदनुसार ४ नोभेम्बर २०२५ चतुर्दशी तिथी ३८ घडी ९ पला पूर्णिमा तिथी प्रारम्भ हुनेछ । रेवती नक्षत्र १३ घडी ५६ पला उप्रान्त अस्विनी नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग गर करण आज बिहान सूर्योदय ६:१७ मा भयो भने सूर्यास्त साँझ ५:१६ मा हुनेछ। आज मंगलबार चन्द्रमा मीन राशिमा
मेष राशि
शैक्षिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा मनमुटावको सृजना हुनेछ। लेखन शैलीमा कमी आउनेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। झुटा आरोपको सामना गर्नुपर्नेछ।
वृष राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। दाजुभाइमा आलस्यता बढेर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। पशु तथा चौपायबाट लाभ लिन सकिनेछ।
मिथुन राशि
धार्मिक कार्यमा केही वादविवादको सामना गर्नुपर्नेछ। पठनपाठनमा बाधा हुनेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मानसिक तनाव बढेर जानेछ।
कर्कट राशि
अधुरा कामहरू पूरा भएर जानेछन् । व्यवसायमा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोगले फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ ।
सिंह राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । परिवारमा वादविवादको सामना गर्नुपर्नेछ। लेखन शैलीमा कमी आउनेछ । राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।
कन्या राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ। सौन्दर्यतामा मन जाने देखिन्छ। नयाँ बस्त्र उपहार पाइने योग छ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
तुला राशि
विपरीत लिङ्गीबाट फसाउन सक्ने सम्भावना बढेर गएको छ। पराक्रममा कमी आउनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन्।
वृश्चिक राशि
गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। पशु तथा चौपायाबाट घाटा बेहोर्नु पर्नेछ। आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
धनु राशि
आयमा वृद्धि भएर जानेछ । कृषि तथा पशुपंक्षीबाट राम्रै आम्दानी गर्न सकिनेछ । लेखन शैलीमा तीव्रता आउनेछ। साथीभाइको सहयोगले फसेको धन उठ्न सक्ने देखिन्छ।
मकर राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। स्वास्थ्यमा सुधार भएर जानेछ । मानसम्मानमा वृद्धि हुनुका साथै भोजभतेरमा सामेल हुने अवसर जुट्नेछ।
कुम्भ राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ । गरिरहेको काममा अनावश्यकरुपमा बाधा आउनुका साथै सञ्चित धनको नाश हुनेछ।
मीन राशि
चलिरहेको कामबाट सफलता मिल्ने देखिन्छ । नयाँ कार्यको थालनी हुनेछ । पतिपत्नीबीच माधुर्यता छाउनेछ । वैदेशिक कार्यबाट राम्रै लाभ लिन सकिनेछ।

November 4, 2025, Jyotishsanchar press