Share
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज झिनाे अंककाे सुधार देखिएकाे छ ।
साताको अन्तिम कारोबार दिन आज नेप्से ०.३१ अंकले मात्रै बढेको हो ।
नेप्से झिनो अंकले बढे पनि १२३ वटा कम्पनीको शेयर मूल्यमा भने वृद्धि भयो । ८ वटा कम्पनीको मूल्य स्थिर रह्यो । यससँगै आज नेप्से २ हजार ५४४.९१ बिन्दुमा पुगेको छ।
आज माबेलुङ इनर्जीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने नेपाल माइक्रो इन्स्योरेन्सकाे शेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

November 13, 2025, Jyotishsanchar press