Rasifal 2
बनेपा । २०८२ साल कार्तिक २९ गते शनिबार तदनुसार १५ नोभेम्बर २०२५ । एकादशी तिथी ५५ घडी ६ पला द्वादशी तिथी प्रारम्भ हुनेछ । उतरफाल्गुणी नक्षत्र ४९ घडी ५१ पला उप्रान्त हस्ता नक्षत्र प्रारम्भ हुनेछ । बैभव योग बायब करण आज बिहान सूर्योदय ६:२६ मा भयो भने सूर्यास्त साँझ ५:१० मा हुनेछ। आज शनिबार चन्द्रमा सिंह राशिमा ।
मेष राशि
शारीरिक आलस्यता बढेर जानेछ । बोलीमा परिवर्तन आउनुका साथै पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ ।
वृष राशि
कृषि तथा चौपायाबाट घाटाबेहोर्नु पर्नेछ। आर्थिक क्षेत्रमा कमी आउनेछ। अनावश्यकरुपमा पारिवारिक कलह बढेर जाने योग छ।
मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएको कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने छ। मानसम्मानमा वृद्धि हुनेछ।
सिंह राशि
आफन्तमा बैरभाव आउने खर्चको मात्र बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । वैदेशिक काममा बाधा आउने तथा राज्यपक्षबाट समेत कष्टता पाइने योग छ ।
कन्या राशि
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । बोलीमा मिठास छाउनेछ। धार्मिक यात्राको अवसर जुट्नेछ। नयाँ साथीभाइको आगमनले मनमा खुसी छाउनका साथै प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशि
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। दाजुभाईमा कलह बढेर जानेछ। आफन्तमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ धनमाल हराउन सक्ने सम्भावना रहेको छ।
वृश्चिक राशि
बोलीमा मिठास छाउनेछ । सामाजिक कार्यमा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। अधुरा कामहरू पूरा भएर जानुका साथै नयाँ साथीको आगमन हुने देखिन्छ ।
धनु राशि
गरिरहेको काममा अब सहजको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । पारिवारिक कलह बढेर जानेछ । लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
पारिवारिक कल बढेर जानेछ । असामन्जस्य सामाजिक समस्याले सताउने योग छ । पठनपाथनमा बाधा आउनेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ।
कुम्भ राशि
नयाँ साथीको आगमनले काममा थप लगानी बढ्ने योग छ । व्यापार व्यवसायमा सफलता मिल्नाले मनमा खुसी छाउनेछ। सामाजिक काममा समय व्यतीत हुनाले सबैको प्यारो बनिनेछ।
मीन राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। स्वास्थ्यमा सुधार भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुनाले मनमा उत्साह बढ्नुका साथै भौतिक साधन खरिद गरिने योग छ ।

November 15, 2025, Jyotishsanchar press