Kunsang Tamang Namobuddha
गरिमामय यस नगरसभाका आदरणीय सदस्यज्यूहरु,
१. यस गरिमामय नगरसभामा उपस्थित नगर उप–प्रमुखज्यु, प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, विषयगत शाखाका प्रमुखहरु, संचारकर्मीहरु, कर्मचारी मित्रहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । नमोबुद्ध नगरपालिकाको कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार भन्ने दीर्घकालीन सोच पूरा गर्ने तर्फ प्रतिबद्ध रही आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु ।
२. दोश्रो चरणको स्थानीय तह सदस्य निर्वाचन, २०७९ पश्चात नमोबुद्ध नगरपालिकाका तर्फबाट दोश्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा चौथो पटक आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम यहाँहरु समक्ष पेश गर्न पाउँदा म गौरवान्वित भएको छु ।
३. प्रथमतः लोकतन्त्र प्राप्त गर्न बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र प्राप्तिका लागि विभिन्न चरणको आन्दोलनको क्रममा घाईते, अपाङ्ग, पीडित एवम् बेपत्ता योद्दाहरुले पुर्याउनु भएको योगदान र अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरु र उहाँको परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
४. मिति २०८१/०६/१० गते देखि मिति २०८१/०६/१२ गते सम्मको अविरल तथा भिषण वर्षातका कारणले आएको बाढी तथा पहिरोजन्य प्रकोपमा परी मृत्यु हुनुभएका नगरबासी नागरिकहरुमा समेत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
५. नेपालको संविधान, संघ, प्रदेश तथा नगरपालिकाको आवधिक नगर विकास योजना, दिगो विकास लक्ष्य, सोह्रौं योजना, हालसम्मको उपलब्धि, नागरिकको आकांक्षा, राजनीतिक दलहरुको प्रतिबद्धता, नेपाल सरकार र बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुको सुझाव समेतका आधारमा सबल, सुशासनयुक्त, आत्मानिर्भर र प्रविधिमैत्री नगर बनाउने संकल्पका साथ आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तर्जुमा गर्ने मूल आधार र मार्गदर्शन रहेका छन् ।
६. हाम्रो नीति तथा नेतृत्वलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने प्रतिनिधि सभा सदस्य, बागमती प्रदेश सभा सदस्य, सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिज्यूहरु विद्वत वर्ग, कर्मचारीहरु, प्राध्यापकहरु, शिक्षकहरु, नागरिक समाज, संचार जगत, विभिन्न संघसंस्था, निजी प्रतिष्ठान र आम नागरिकहरु लगायत सबैमा हार्दिक आभारसहित सम्मान व्यक्त गर्दछु र आगामी दिनहरुमा पनि यसैगरी सबै पक्षबाट उत्साहपूर्ण लागि निरन्तर सहयोग, सहकार्य र समन्वयको पनि अपेक्षा गर्दछु ।
७. नेपालको संविधानको धारा २१४ मा रहेको स्थानीय तहको कार्यकारिणी अधिकार तथा धारा २३० मा रहेको नगरपालिकाको राजश्व र व्ययको अनुमान सम्बन्धी व्यवस्था र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ बमोजिम राज्यले तय गरेका निर्देशक सिद्धान्त, निर्वाचनका बेला हामीले गरेका प्रतिबद्धता, दिगो विकास लक्ष्यका प्राथमिकताहरु, नमोबुद्ध नगरपालिकाको आवधिक योजना एवंम् विषयगत रणनीतिक योजनाहरुका लक्ष्य प्राप्ति गर्ने उदेश्यका साथ यो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु ।
आदरणीय नगरसभा सदस्यज्यूहरु,
“कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार“ भन्ने मूल नारालाई आत्मसात् गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नगर विकास नीति तथा कार्यक्रम संविधान प्रदत्त हक अधिकार सहित गठित यस नगरपालिकाको प्रमुखको हैसियतले यस गरीमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्ने चरण रहेको अवस्थामा मिति २०८१/०६/१० गते देखि मिति २०८१/०६/१२ गतेको अविरल तथा भिषण वर्षातका कारण आएको बाढी तथा पहिरोजन्य प्रकोपबाट यस नगरपालिकाको पूर्वाधार, विद्युत तथा संचार, कृषि तथा पशुपंक्षी, आवतजावत, आवास, बालीनाली, पशुपंक्षी लगायतको क्षेत्रमा अतुलनीय क्षति भएको हुँदा आगामी नीति तथा कार्यक्रमलाई विपद् पश्चातको राहत वितरण, पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनर्लाभ तथा पुनर्निर्माणमा केन्द्रित गर्दै आहतमा परेका नगरबासीलाई राहत हुने राहत, रोजगारी, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास, कृषि, शिक्षा र विपद् व्यवस्थापनमा जोड दिई आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तय गरिएको छ ।
(क) आर्थिक विकास नीति
१. कृषि तथा पशुपंक्षी विकास नीतिः
कृषिः
कृषि यान्त्रिकरण, वीउ प्रविधि तथा प्रशोधन एवंम् भण्डारणमा अनुदानको व्यवस्था गरी कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गर्ने नीति लिईनेछ ।
रासायनिक मलको अभावलाई परिपूर्ति गर्न नेपाल सरकार र प्रदेश सरकारको समन्वयमा मलको कोटा बढाउन विशेष पहल साथै वडाबासीहरुलाई न्यायोचित वितरणको व्यवस्था मिलाईनेछ ।
कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न माटो परिक्षण शिविर र किसानहरुलाई माटो परिक्षणको लागि आवश्यक तालिम संचालन गरिनेछ ।
अर्गानीक खेती गर्न प्रोत्साहन गरिनेछ ।
दीर्घकालीन सोच सहित तयार भएको “कृषि रणनीतिक योजना” लाई कार्यान्वयनमा लगिनेछ ।
साना सिंचाइ प्रवद्र्धन कार्यक्रम मार्फत कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार गरिनेछ । नेपाल सरकार र प्रदेश सरकार संगको सहकार्यमा ठूला सिंचाई आयोजनाहरु सञ्चालन गरिनेछ ।
किसानहरुलाई कृषि तथा पशु विशेषज्ञ सेवा उपलब्ध गराईने ।
प्रथम चरणको कृषक सूचीकरण कार्यक्रम सम्पन्न गरिनेछ ।
कृषि तथा पशुधन बीमा कार्यक्रमलाई निरन्तरता र विस्तार गरिनेछ ।
ताजा कृषि उपजको भण्डारण गरी उपयुक्त बेमौसममा निकासी र उपयुक्त मूल्य प्राप्त गर्न वडा नं ३ स्थित दाहालचौरमा निर्माणाधीन कोल्डस्टोरलाई बहुवर्षीय योजनाको रुपमा कार्यान्वयनमा ल्याई २ (दुई) वर्ष भित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईनेछ ।
फलफुल प्रबर्धन कार्यक्रम, तरकारी विकास कार्यक्रम, एकल महिला पशुपालन प्रबद्र्धन कार्यक्रम मार्फत कृषि व्यवसायलाई उत्पादनमूखी र समन्यायिक बनाईनेछ ।
भू–उपयोग नक्सा बमोजिम नगरपालिकाले एकिन गरेको खेतियोग्य जमिनको खण्डीकारण रोकी खेतियोग्य जमिनको संरक्षण एवं वैज्ञानिक सदुपयोग गरिनेछ ।
फलफुलका विरुवा रोपन कार्यक्रमलाई विशेष रुपमा संचालनमा ल्याईनेछ ।
पशुपंक्षीः
नगरपालिकाले वितरण गर्ने कृषि विकास र पशुपंक्षी विकासमा प्रयोग हुने यन्त्र, उपकरण लगायतका सामाग्रीमा अधिकतम अनुदानको व्यवस्थालाई निरन्तरता दिईनेछ ।
पशुपंक्षीमा लाग्ने महामारीजन्य तथा अन्य रोगहरुको नियन्त्रण तथा रोकथामको लागि निशुल्क स्वास्थ्य परिक्षण एवं औषधि वितरण कार्यक्रम निरन्तरता दिईनेछ ।
पशुजन्य उत्पादन प्रवद्र्धनका लागि नश्ल सुधार, कृत्रिम गर्भाधान, पशु आहार प्रवद्र्धन र पशुजन्य व्यवसायमा लागत न्यूनीकरण गर्न यान्त्रिकरणमा जोड दिईनेछ ।
बाखा÷कुखुरा पालन पकेट क्षेत्रको पहिचान गरी अण्डा र मासुमा आत्मानिर्भर बनाईनेछ ।
दुध उत्पादनलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था मिलाईनेछ ।
परजीवी नियन्त्रण तथा पशु स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता गरिनेछ ।
रेबिज रोग नियन्त्रण कार्यक्रम निरन्तरता दिईनेछ ।
पशु आहारा कार्यक्रम अन्तर्गत हिउदे तथा बर्षे घाँस खेती विस्तार गरिनेछ ।
२. औद्योगिक विकास र व्यावसयिक प्रवद्र्धन सम्बन्धी नीतिः
बेरोजगारहरुको तथ्यांक व्यवस्थित गरी एक बेरोजगार एक सिप प्रवद्र्धन गरी सार्वजनिक निर्माण कार्यमा निजहरुको आवद्धता बढाईनेछ ।
उद्योग र व्यवसायमा आकर्षित गर्न लगानीमैत्री नीति एवं वातावरण सृजना गरिनेछ ।
सानो पूँजीबाट उद्योग वा व्यवसाय सञ्चालन गर्न चाहाने उद्योगी एवं व्यवसाहीहरुलाई आर्थिक ऐनमा विषेश व्यवस्था गरी करमा विषेश छुटको व्यवस्था गरिनेछ ।
स्थानीय ज्ञान, सीप, पूँजी र प्रविधिको प्रयोग गरी सञ्चालन हुने परम्परागत, साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गरिनेछ ।
लघु उद्यम
लघु उद्यमबाट उत्पादित वस्तुको उत्पादकत्व बृद्दि र बजार प्रतिस्पर्धा अभिवृद्दि गर्न समुहमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ ।
लघु उद्यमशीलताको विकास मार्फत उद्यमीहरुको जनजीवन सुधार गरिनेछ ।
आवश्यकक्ता पहिचानका आधारमा लघु उद्यमीको पुनर्ताजगी एवं एड्भान्स तालिम सञ्चालन गरिनेछ ।
लघु उद्यम विकास मोडेलमा नयाँ उद्यमी विकास गर्नेगरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
लघुउद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरणको लागि आवश्यक पहल गरिनेछ ।
३. पर्यटन विकास तथा प्रवद्र्धन सम्बन्धी नीतिः
साँस्कृतिक प्रदर्शनी, सम्पदा पद यात्रा, विभिन्न साँस्कृतिक उत्सव एवं मेला आयोजना गरी पर्यटन गतिविधि बढाउने कार्यक्रमहरुमा जोड दिईनेछ ।
नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नेपाल सरकार र प्रदेश सरकारसँगको समन्वयमा आवश्यक पहल गरिनेछ ।
नमोबुद्ध चैत्य परिसरलाई व्यवस्थित रुपमा विकासका लागि नमोबुद्ध विकास समिति गठन गर्न पहल गरिनेछ ।
पर्यटन विकासका लागि नगरस्तरीय पर्यटन गुरुयोजना तयार गरिनेछ ।
साँस्कृतिक, पर्यटकीय एवं पुरातात्विक स्थान दाप्चा क्षेत्रको एकीकृत नमुना वस्तुस्थिति तयार गरिनेछ ।
पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ ।
कोटतेमाललाई पर्यटकीय एवं सांस्कृतिक क्षेत्रको रुपमा घोषणा पहल गरिनेछ ।
पर्यटनलाई नगर विकासको मुख्य मेरुदण्डको रुपमा विकास गर्ने र हाल भएका मठमन्दिर, गुम्वा, चर्च आदि प्राकृतिक मनोरम दृष्यावलोकन स्थलको बोर्ड राखी प्रचार–प्रसार गरिनेछ ।
धार्मिक तथा पर्यटकीय स्थलहरुको विषय स्थानीय पाठ्यक्रमा समावेश गरी पठन–पाठनको व्यवस्था गरिनेछ ।
४. रोजगार सम्बन्धी नीतिः
राष्ट्रिय रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना मार्फत सुचिकृत बेरोजगारलाई आवश्यकता अनुसार प्रत्यक्ष रोजगारी प्रदान गरिनेछ ।
श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम मार्फत सबै प्रकारका श्रमको सम्मान गर्ने सँस्कृतिको विकास गरिनेछ ।
नगरपालिका भित्र सञ्चालन गरिने विकास निर्माणका कार्यहरुमा रोजगार सेवा केन्द्रमा सूचिकृत तथा सिप प्राप्त गरेका व्यक्तिहरुलाई संलग्न गराउने नीति अख्तियार गरिनेछ ।
वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको ज्ञानमा आधारित रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
व्यक्तिगत श्रम स्वीकृति र पुनःस्वीकृतिको लागि नगरको रोजगार सेवा केन्द्र मार्फत समन्वय गरिनेछ ।
(ख) सामाजिक विकास
१. खानेपानी तथा सरसफाई नीतिः
परम्परागत खानेपानीको श्रोतको रुपमा रहेका कुवा, ईनार, ढुङ्गेधारा, पोखरी र अन्य श्रोतहरुको पहिचान गरी त्यसको सुधार र संरक्षण गरिनेछ ।
पानीको स्रोतको दिगो संरक्षण तथा व्यवस्थापनका लागि ईसिमोडसँगको सहकार्य, समन्वय, सहयोग र सहलागानीमा जलाधार तथा मुलाधार संरक्षण तथा व्यवस्थापन विशेष कार्यक्रम संचालन गरिनेछ ।
विपद् पश्चात क्षति भएका खानेपानीका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखी कार्यक्रम संचालन गरिनेछ ।
बाढी तथा पहिरोको प्रकोपबाट रोशी खोला तथा दाप्चा खोलाको मुहानमा क्षति भएका भौतिक पूर्वाधार, पाईप लाईन विस्तार लगायतका क्षेत्रमा विशेष पुनर्निर्माणको कार्यक्रम संचालन गरिनेछ ।
एक घर एक धारा कार्यक्रम मार्फत प्रत्येक घरपरिवारलाई आधारभूत खानेपानी सेवा उपलब्ध गराईनेछ ।
नमोबुद्ध बृहत खानेपानी आयोजना कार्यान्वयनका लागि आवश्यक सहजीकरण गरिनेछ ।
पालिकास्तरीयमा तयार भएको खानेपानी तथा सरसफाई योजना कार्यान्वयनमा ल्याईनेछ ।
नमोबुद्ध नगरपालिका वडा नम्बर ०८ स्थित विपदबाट क्षति भएको पिपलटार सिंचाई योजनालाई पुनर्निर्माण गरी सम्पन्न गरिनेछ ।
दाप्चा काशीखण्ड खानेपानी योजना, भकुण्डेबेशी खनालथोक खाक्सी दाप्चा क्षेत्र वृहत खानेपानी आयोजना, काशीखण्ड वृहत खानेपानी योजना, भालुखर्क खानेपानी योजना, बाँसखर्क पिपलचौर खानेपानी योजना, मेथिनकोट खानेपानी योजना, फ्याङखोला खानेपानी योजना, कानपुर खानेपानी योजना लगायतका योजनाहरुलाई प्राथमिकतामा राखी संचालन गरिनेछ ।
२. शिक्षा, युवा तथा खेलकुद नीतिः
शिक्षाः
कक्षा ८ को नगरस्तरीय परीक्षालाई व्यवस्थित रुपमा संचालन गर्न आवश्यक प्रश्न पत्र छपाई तथा उत्तरपुस्तिका छपाई साथै परिक्षण लगायतका कार्यहरु नगरपालिकाले गर्नेछ ।
विद्यार्थी संख्या र भूगोल समेतका आधारमा विद्यालय समायोजन र दरबन्दी मिलानको कामलाई निरन्तरता दिईनेछ ।
बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि नगरपालिकाबाट दिईदै आएको अनुदानलाई निरन्तरता दिईनेछ ।
शिक्षकको पेशागत विकासलाई मर्यादित बनाई सिकाई वातावरण, प्रविधिमैत्री बनाउन आवश्यक तालिम, कार्यशाला, प्रदर्शनी जस्ता कार्यहरु गरिनेछ र जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग निरन्तर अन्तर्क्रियाको व्यवस्था मिलाईनेछ ।
कक्षा १ देखि ५ सम्म क्रमशः अंग्रेजी माध्यममा पठन पाठनका लागि पहल गरिनेछ ।
स्थानीय महत्व र आवश्यकताका विषयहरु समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गरिनेछ ।
उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्ने शैक्षिक क्याम्पसहरुलाई दिदै आएको अनुदानलाई निरन्तरता दिईनेछ ।
विद्यालय अनुगमनलाई प्रभावकारी बनाईनेछ ।
एम.जि.एम. एल. कार्यक्रमलाई निरन्तरता प्रदान गरिनेछ ।
नगरपालिकाबाट सम्पादन भएका विद्यालय शिक्षाको गतिविधिहरुलाई योजनाबद्ध बनाई लागु गर्न नगरको शैक्षिक पात्रो प्रकाशन गरी कार्यान्वयन गरिनेछ ।
नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
युवाः
युवा परिषद्लाई समय सापेक्ष व्यवस्थित गरी युवा सशक्तिकरण र उद्यमशिलता प्रवर्धनको लागि परिचालन गरिनेछ ।
खेलकुदः
आगामी आर्थिक वर्षमा नमोबुद्ध नगरपालिका भित्र वृहत खेलकुद महोत्सव संचालन गरिनेछ ।
यस नगरपालिकाको वडा नं ४ मा निर्माण सम्पन्न भएको बहुद्देश्यीय कवर्डहल आवश्यक व्यवस्थापन सहित सञ्चालनमा ल्याइनेछ ।
३. स्वास्थ्य नीतिः
दाप्चा नमोबुद्ध नगर अस्पताल संचालन गरिनेछ ।
नगर भित्र रहेको सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई भज्ःक्ष्क् सम्बन्धी अभिमुखिकरण गरि अनलाईन प्रणालीद्धारा दैनिक रेकर्डिङ रिपोर्टिङ गर्न सबै स्वास्थ्य संस्थामा लागू गरिनेछ ।
गाउँघर क्लिनिक तथा नियमित खोप क्लिनिकमा सेवा दिन खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप यातायात खर्च दिईनेछ ।
मानसिक स्वास्थ्य समस्याको सम्बोधन गर्न मनोसामाजिक परामर्श सेवा प्रदान गरिनेछ ।
सबै स्वास्थ्यकर्मीहरु, महिला स्वयंसेविकाहरुलाई प्रोत्साहन गरिनेछ । नागरिकसँग स्वास्थ्यकर्मीको भूमिका प्रभावकारी बनाउन क्षमता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गरिनेछ ।
दाप्चा आयुर्वेद औषधालयको सेवालाई प्रभावकारी बनाईनेछ र अन्य वडामा नागरिक आरोग्य केन्द्र स्थापनाका लागि पहल गरिनेछ ।
सबै स्वास्थ्य संस्थाहरुमा समयमै नेपाल सरकारद्वारा निशुल्क घोषणा गरिएका औषधी एवं स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने नीति लिईनेछ ।
नगर भित्र रहेको स्वास्थ्य चौकिहरुलाई व्यवस्थापकीय तथा भौतिक सुधार गरी स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय एवं थप व्यवस्थित गरिनेछ ।
नियमित खोप, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा तथा पालिका घोषणा गरिनेछ ।
सुरक्षित मातृत्व तथा नव शिशु पोषण सम्बन्धि कार्यक्रम सुमुदाय स्तरमा संचालन गरिनेछ ।
सबै वडामा भएको स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुको लागि ग्रामिण भिडियो एक्सरे सेवा संचालन गरिनेछ ।
सम्पूर्ण ईच्छुक स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अध्यात्मिक ध्यान तथा विपासना ध्यानको लागि बिदाको व्यवस्था मिलाईनेछ ।
एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरताका लागि पहल गरिनेछ ।
नगरपालिका भित्र सञ्चालित निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन, निरिक्षण र नियमन गरिनेछ ।
लक्षित वर्गलाई गाउँघर क्लिनिक संचालनमा ल्याईनेछ ।
नेपाल सरकारले गम्भिर प्रकृतीको रोग भनी तोकिएका बिरामी नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचका लागि यातायात खर्च उपलब्ध गराईने नीति लिईनेछ ।
विभिन्न वडामा ध्यान तथा योग सिबिर संचालन गरिनेछ ।
४. महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, अपाङ्ग र सामाजिक समावेशीकरण सम्बन्धी नीतिः
सबै प्रकारका महिला हिंसा विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।
लक्षित वर्गलाई सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
महिला व्यवसायी र उद्यमीहरुलाई प्रोत्साहन गर्न व्यवसाय दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिन आर्थिक ऐनमा विशेष व्यवस्था गरिनेछ ।
बाल पोषण, बाल स्वास्थ्य, बाल विकास, बाल संरक्षण र बाल सहभागिताको लागि एकिकृत कार्यक्रम बनाई लागु गरिनेछ ।
नगरपालिकाबाट निर्माण हुने हरेक संरचनालाई बालमैत्री एवं अपाङ्गमैत्री बनाईनेछ ।
बाल क्लव, बाल सञ्जाल, बाल इजलास, बाल समुह गठन गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
न्यायपूर्ण र जिम्मेवार समाज निर्माणको लागि बाबु–आमा विहिन वालवालिका संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
अति अशक्त सामाजिक सुरक्षा लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुर्याउने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
सामाजिक संघ संस्था र गैर सरकारी संस्थाहरुको समन्वय र सहकार्यमा जेष्ठ नागरिक सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।
नमोबुद्ध नगरपालिकाका बालमैत्री सूचक पूरा भएका वडाहरुलाई क्रमश बालमैत्री वडा घोषणा गरिनेछ ।
सेफ हाउसलाई अनुदानको व्यवस्था मिलाईनेछ ।
नमोबुद्ध नगरपालिका भित्रका दलित समुदायको जीवनस्तर माथि उकास्ने खालका सिप तथा सचेतना, दक्षता तथा आय आर्जनका कार्यक्रमहरु संचालन गरिनेछ ।
(ग) भौतिक पूर्वाधार विकास नीतिः
बाढी तथा पहिरोजन्य प्रकोपबाट क्षति भएका भौतिक पूर्वाधारको क्रमश पुनर्निर्माणका योजनाहरु संचालन गरिनेछ ।
नगर भित्र रहेका वडा कार्यालयहरुबाट पालिकाको केन्द्र र नजिकको पिच सडकमा जोडिने सडक लगायतका मुख्य सडकहरुको आवश्यक्तानुसार निर्माण, स्तरोन्नती र मर्मत गरी सडक पूर्वाधारको दिगो र गुणस्तरीय व्यवस्थापन गरिनेछ ।
नगरपालिकाको गौरवका रुपमा रहेका आयोजनाहरु पहिचान गरी सञ्चालन गरिनेछ ।
निर्माण सम्पन्न भएका सडक लगायतका पूर्वाधारको सामयिक र नियमित मर्मत सम्भार गरी सार्वजनिक सम्पत्तिको संरक्षण गरिनेछ ।
पूर्वाधार संरचनाको संरक्षण, मर्मत सुधार एवं प्रभावकारी उपयोग गर्न स्थानीय उपभोक्ता समिति वा टोल विकास संस्थाहरुको परिचालन गरिनेछ ।
आवधिक योजना, मध्यमकालिन खर्च संरचना र सडक गुरुयोजना तर्जुमा एवं अध्यावधिक गरी योजनाबद्ध भौतिक पूर्वाधारको निर्माणको शुरुवात गरिनेछ ।
(घ) वातावरण तथा विपद् व्यवस्थापन
वातावरण संरक्षण नीतिः
नेपाल जलवायु नमुना कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
नियमित सरसफाई, वृक्षारोपण, वनजंगल संरक्षण, खानेपानी मूल संरक्षण , पोखरी, चौतारी संरक्षण जस्ता कार्यक्रमहरुमा आम जनताहरुलाई सुसुचित र परिचालन गरिनेछ ।
विकास निर्माणका हरेक कृयाकलापलाई वातावरण मैत्री बनाईनेछ ।
जलवायु परिवर्तनका असरहरुसँग जुध्न स्थानीय जलवायु अनुकुलन कार्ययोजनालाई लागु गरिनेछ ।
खाली सार्वजनिक जग्गाहरुमा उत्पादनमूलक कृषि वन कार्यक्रम तर्जुमा गरी स्थानीय जनसमुदायमार्फत कार्यान्वयन गरिनेछ ।
इसिमोड, सिप्रेड लगायतका संघसंस्थाहरुको सहकार्य, समन्वय र सहयोगमा वातावरण संरक्षणसँग सम्बन्धित मुलाधार, जलाधार लगायतका विविध कार्यक्रम संचालन गरिनेछ ।
विपद् व्यवस्थापन नीतिः
बाढी तथा पहिरोजन्य प्रकोप पश्चातको राहत वितरण, पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनर्लाभ तथा पुनर्निर्माणमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट केन्द्रित गरिनेछ ।
आकस्मिक सेवाका सवारी साधनहरु जस्तै एम्बुलेन्स, दमकल आदि साधनलाई नगर भित्र तथा छिमेकी पालीकाहरुमा समेत विपद्को बेलामा निःशुल्क सञ्चालन गर्ने गरी व्यवस्था मिलाईनेछ ।
नगरभित्र प्राकृतिक विपत्ति र अन्य कृतिम विपत्तिबाट राहतका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरिनेछ ।
गठन भएका सम्पूर्ण वडा स्तरीय विपद् व्यवस्थापन समिति र नगर स्तरीय विपद् व्यवस्थापन समितिलाई आवश्यक तालिमको व्यवस्था गर्दै स्रोत साधनयुक्त बनाई तयारी अवस्थामा राखिनेछ ।
प्राकृतिक प्रकोपमा परेका परिवारको राहत तथा पुनस्र्थापनमा जोड दिइनेछ ।
नगरपालिकाद्धारा निर्मित विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनाको आधारमा विपदको पूर्व तयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनुका साथै नगरपालिकामा आपतकालीन उद्धार तथा राहत कोष र सामग्रीको थप व्यवस्था गरिनेछ ।
फोहोरमैला व्यवस्थापन नीतिः
नगरपालिका क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रको साझेदारीमा एकीकृत वैज्ञानिक फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्रको निर्माणको कार्यको लागि जग्गा प्राप्तिको प्रकृयालाई टुंगो लगाई निर्माण कार्य प्रारम्भ गरिनेछ ।
फोहोरमैला व्यवस्थापनमा श्रोत संकलन दिगो व्यवस्थापनका लागि छिमेकि पालिकाहरुसँग साझेदारी गर्ने नीति लिईनेछ ।
(ङ) संस्थागत विकास तथा सुशासनः
सूचना संचार तथा प्रविधि विकास सम्बन्धी नीतिः
सूचना प्रविधिको प्रयोग मार्फत कागज रहित सरकारको अवधारणा अनुरुप कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाई–फाई नेटको व्यवस्था मिलाईने नीति लिईनेछ ।
नगरबासीको सूचना प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्नको लागि नगर भित्र पत्रपत्रिका, एफ.एम रेडियो अनलाईन मिडिया सञ्चालन गर्न सम्बन्धित संघ संस्था, व्यक्तिलाई प्रोत्साहन गरिनेछ ।
नगरवासीलाई सूचनाको हकको सुनिश्चित गर्ने उदेश्यले दैनिक वा साप्ताहिक रेडियो कार्यक्रम सञ्चालन गरिनेछ ।
नमोबुद्ध नगरपालिकालाई स्मार्ट तथा समृद्ध नगर विकासका लागि आवश्यकता पहिचान गरी चरणवद्ध रुपमा समय सापेक्षित प्रविधिमैत्री नमोबुद्ध विकास गर्ने नीति लिइनेछ ।
नेपाल पत्रकार महासंघ सहित पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरुसँगको सहकार्यमा संचार क्षेत्रको प्रवद्र्धन कार्यक्रम संचालन गरिनेछ ।
संस्थागत विकास तथा सुशासन सम्बन्धी नीतिः
नमोबुद्ध नगरपालिकाको संगठन संरचना तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन स्वीकृत गरी सोही बमोजिमको दरबन्दी तेरिजका आधारमा कर्मचारी व्यवस्थापन गरिनेछ ।
ीक्ष्क्ब्, ँच्ब्ए लगायत मूल्यांकनसँग जोडिएका सूचक र सो सँग सम्बन्धित कृयाकलापको पूर्ण कार्यान्वयनका लागि फोकल पर्सनलाई थप जिम्मेवार तुल्याईनेछ ।
आयोजना तथा कार्यक्रमको सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, स्वत प्रकाशन, वार्षिक समिक्षा कार्यहरुबाट पारदर्शिता एवं स्थानीय सुशासन कायम गरिनेछ ।
नगरपालिकाबाट सम्पादन हुने कार्यलाई व्यवस्थित गर्न आवश्यक कानून र कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।
आन्तरिक नियन्त्रण प्रणाली लागू गरिनेछ ।
वित्तिय शुसासन कायम गर्न शून्य बेरुजुको नीति अवलम्बन गरिनेछ ।
कार्यसम्पादन सम्झौताको आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिनेछ ।
दुर्घटना न्यूनीकरण, शान्ति सुरक्षामा थप मद्दत पुर्याउन सी.सी. क्यामरा जडानलाई विस्तार गर्ने, भईरहेकालाई आवश्यकता अनुसार मर्मत सम्भार गर्ने व्यवस्था मिलाईनेछ । सडक बत्ति एवं थप सोलार बत्ति जडानमा आवश्यक समन्वय गरिनेछ ।
राजस्व परिचालन सम्बन्धी नीतिः
नगरपालिकाको आर्थिक ऐन बमोजिम तोकिएको करको दायरामा सबै करदाताहरुलाई ल्याउन विषेश अभियान सञ्चालन गरिनेछ ।
आगामी आर्थिक वर्ष देखि क्ग्त्च्ब् मा आधारित सफ्टवेयर मार्फत राजस्व संकलन गरिनेछ ।
तोकिएको समयमा कर दाखिला गर्न करदातालाई विषेश प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
व्यक्तिगत बहालकरलाई व्यवस्थित गर्न छुटको नीति अबलम्बन गरिनेछ ।
सम्बन्ध, सहकार्य तथा साझेदारी नीतिः
नगरपालिकाको गौरवको आयोजना सञ्चालन गर्न, निकटवर्ती पालिकाहरुसँग मिलेर अन्तर–पालिकास्तरीय आयोजना सञ्चालन गर्न नेपाल सरकार, प्रदेश सरकार र पालिकाहरुसँगको सहकार्य र साझेदारीलाई प्रभावकारी बनाईनेछ ।
तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गरी आयोजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्न निजी क्षेत्रहरुलाई प्रोत्साहन गरिनेछ ।
गैर सरकारी संघ–संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रहरुलाई नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिनेछ ।
सामाजिक परिचालन तथा सामाजिक सशक्तिकरण नीतिः
पाँच लाख भन्दा साना आयोजनाहरुको अनुगमन गरी सुधारका लागि सुझावहरु कार्यान्वयन गराउन तथा तोकिए बमोजिम कार्य सम्पन्न भएका आयोजनागरुको भूक्तानी सिफारिस गर्न वडा स्तरीय अनुगमन समिति गठन गरी कृयाशील तुल्याईनेछ ।
सरोकारवाला निकायहरुसँगको समन्वय, सहकार्य र सहयोगमा नमोबुद्ध नगरपालिका भित्र सडक मानव मुक्त नगर बनाउने नीति लिईनेछ ।
न्यायीक समिति सम्बन्धी नीतिः
न्यायिक समितिमा निवेदन दर्ता भई फछौट गर्न बाँकी विषयहरुमा न्याय निरुपणमा सक्रियता ल्याईनेछ ।
न्याय सम्पादनलाई छिटो छरितो तुत्याउन आवश्यक प्रबन्ध मिलाईनेछ ।
न्यायीक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिको लागि अभिमुखीकरण कार्यक्रमको व्यवस्था गरिनेछ ।
मेलमिलापको माध्यमबाट वडा स्तरमा मेलमिलापकर्ताहरुको सकृयतालाई प्रवद्र्धन गरी यथाशिघ्र विवाद सामाधान गरिनेछ ।
आदरणीय नगरसभाका सदस्यज्यूहरु,
विपद पश्चातको क्षतिलाई पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनलभि तथा पुनर्निर्माणमा केन्द्रित गर्दै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनले उत्पादन र उत्पादकत्व अभिवृद्धि, मानव संशाधन विकास, रोजगारी सिर्जना, पूर्वाधार विकास र गरिबी न्यूनीकरणको माध्यमबाट सामाजिक न्याय, दिगो विकास र वातावरण संरक्षण सहितको आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको छु ।
अन्तमा,
नमोबुद्ध नगरपालिकाले विगतका असल र जनमुखी नीति तथा कार्यक्रमलाई निरन्तरता दिई वितरणमुखी भन्दा उत्पादनमुखी कार्यक्रम संचालन सहितको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु । नगरपालिकाको नीति तर्जुमामा सल्लाह, सुझाव दिई रचनात्मक सहयोग पुर्याउनु हुने सबैमा हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु ।
यस नीति र कार्यक्रम कार्यान्वयनकालागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेको छु ।
जय जनता ! जय नमोबुद्ध नगरपालिका !!
धन्यवाद । जय नमोबुद्ध । ।
कुनसाङ लामा
नगर प्रमुख
नमोबुद्ध नगरपालिका
बागमती प्रदेश, भकुण्डेबेशी, काभ्रेपलाञ्चोक ।
मितिः २०८२ असार ९ गते ।
आगामी आ.व. २०८२/०८३ को बजेट वक्तव्य
नमोबुद्ध नगरपालिकाको दोश्रो नगर सभाको सातौं अधिवेशन (बजेट अधिवेशन) को दोश्रो बैठकमा श्रीमान् नगर उप–प्रमुख श्री रत्न बहादुर लामाले आर्थिक वर्ष २०८२/०८३ का लागि मिति २०८२/०३/१० मा पेश गर्नुभएको बजेट वक्तव्य
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
नेपालको संविधानको धारा २१४ मा रहेको स्थानीय तहको कार्यकारिणी अधिकार तथा धारा २३० मा रहेको नगरपालिका राजश्व र व्ययको अनुमान सम्बन्धी व्यवस्था तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ बमोजिम नमोबुद्ध नगरपालिकाको यस गरिमामय दोश्रो नगर सभाको सातौं अधिवेशन (बजेट अधिवेशन) को पहिलो बैठकमा विद्यमान विपद् पश्चातको परिस्थितिका बीच नमोबुद्ध नगरपालिकाको उप–प्रमुखको हैसियतले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्न उभिएको छु ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका सबै आन्दोलन तथा संघर्षमा अमुल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । साथै आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुहुने नेपाली दिदीबहिनी दाजुभाईहरुमा हार्दिक आभार प्रकट गर्दछु ।
नगरपालिकाको दीर्घकालीन सोच “कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार” लाई हासिल गर्न उपलब्ध श्रोत साधनलाई अधिकतम ढंगले परिचालन गरी नगरवासी नागरिकको हित अभिवृद्धि गर्दै सामाजिक न्याय सहितको समाजवाद उन्मुख अर्थतन्त्रलाई सहयोग पुग्ने गरी बजेट तर्जुमा गरेको छु ।
सीमित आन्तरिक श्रोत तथा संघ र प्रदेशबाट प्राप्त हुने घट्दो वित्तीय हस्तान्तरण, राजश्व बाँडफाँडका कारण यस नगरपालिकाले लक्ष्य अनुरुपको कार्य सम्पादन गर्न सकेको छैन, तथापि उपलब्ध सिमित श्रोत साधनका बीच नगरको असिमित आवश्यकतालाई प्राथमिकीकरण गरी सम्बोधन गर्नुपर्ने चुनौती हाम्रो सामु विद्यमान रहेको छ ।
नमोबुद्ध नगरपालिकाको बजेट तर्जुमा गर्दा नेपालको संविधान, नेपालको दीर्घकालीन विकास लक्ष्य, नेपाल सरकारद्वारा स्वीकृत कार्य विस्तृतिकरण प्रतिवेदन, दिगो विकासका लक्ष्यहरु, नेपाल सरकार र बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ नीति, कार्यक्रम तथा बजेट, पन्धौं योजनाको समिक्षा, सौहौं योजनाको सोच, नगरपालिकाको आवधिक योजना तथा मध्यमकालीन खर्च संरचना, नमोबुद्ध नगरपालिकाको नीति तथा कार्यक्रम, विनियोजन विधेयक, २०८२ का सिद्धान्त, कार्यपालिकाले स्वीकृत गरेको बजेट निर्माण मार्गदर्शन, सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, विषयगत समितिहरुबाट प्राप्त सुझावलाई मार्ग निर्देशनको रुपमा लिनुका साथै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, विद्वत वर्ग, कर्मचारीहरु, प्राध्यापकहरु, शिक्षकहरु, नागरिक समाज, संचार जगत, विभिन्न संघ संस्था, निजी प्रतिष्ठान र आम नागरिकहरुबाट प्राप्त सुझावलाई आधार बनाएको छु ।
मिति २०८१/०६/१० गते देखि मिति २०८१/०६/१२ गतेको अविरल तथा भिषण वर्षातका कारण आएको बाढी तथा पहिरोजन्य प्रकोपबाट यस नगरपालिकाको पूर्वाधार, विद्युत तथा संचार, कृषि तथा पशुपंक्षी, आवतजावत, आवास, बालीनाली, पशुपंक्षी लगायतको क्षेत्रमा अतुलनीय क्षति भएको हुँदा आगामी नीति तथा कार्यक्रमलाई विपद् पश्चातको राहत वितरण, पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनर्लाभ तथा पुनर्निर्माणमा केन्द्रित गर्दै आहतमा परेका नगरबासीलाई राहत हुने राहत, रोजगारी, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास, कृषि, शिक्षा र विपद् व्यवस्थापनमा जोड दिने अभिप्रायका साथ योजना तथा कार्यक्रममा रकम विनियोजन गरी विनियोजन विधेयक, २०८२ को अनुसूचीहरुमा संलग्न गरिएको छ ।
यिनै अधिकार र अवसरको उपयोग नगरसभामा पेश भएको वार्षिक नीति तथा कार्यक्रममा आधारित भएर संघीय सरकार तथा बागमती प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, राजश्व बाँडफाँड, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान तथा अन्य स्रोत र हाम्रो आफ्नै प्रयासबाट संकलन हुन सक्ने आन्तरिक आयलाई समेत एकीकृत गरी आर्थिक विधेयक, २०८२ र विनियोजन विधेयक, २०८२ मा समावेश गरी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तयार गरेको छु ।
नगरपालिकाको मौजुदा अवस्था आँकलन तथा चुनौतीहरु
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
बाढी तथा पहिरोजन्य प्रकोपवाट वर्षोंसम्म गरेका विकास निर्माणका क्षेत्रमा अतुलनीय क्षति गरी पछाडी धकेलेको अवस्था छ । यसका बाबजुद बजेट तर्जुमाका चरणमा श्रोतको वास्तविक आँकलन गर्न नसक्नु, संघ र प्रदेश सरकारबाट प्रदान हुने समानीकरण तथा राजश्व बाँडफाँडको सिलिङ्ग रकम अन्तिम किस्ता प्राप्त नहुनु, बजेट कार्यान्वयन कार्ययोजना पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु, निर्माण व्यवसायीले समयमा नै काम सम्पन्न गर्न नसक्नु, उपभोक्ता समितिले अपेक्षाकृत रुपमा श्रमदान परिचालन गर्न नसक्नु, सरोकारवाला निकायबीच प्रभावकारी समन्वयको अभाव हुनु, खरिद प्रकृयाको कारण ठेक्का प्रणालीमा ढिलाई हुनु, प्रयाप्त दक्ष जनशक्तिको अभाव लगायतका कारणले बजेट खर्च सोचेजति हुन सकेको छैन ।
वित्तीय समानीकरणको अनुदान घट्दै जानु र सशर्त अनुदानको अंश बढ्दै जानु, राजश्वको दायरा विस्तार गर्न नसक्नु, वितरणमुखी कार्यक्रमहरुमा विस्तार हुनु तथा प्रशासनिक खर्च बढ्दै जानु जस्ता कारणले विकास बजेटको श्रोतमा दबाब सिर्जना भएको छ । चालु आर्थिक वर्षमा राजश्व लक्ष्य भन्दा न्यून संकलन भएको छ । राजश्व श्रोतहरुको पहिचान गर्न नसक्नु, पहिचान भएका श्रोतहरुबाट पनि अपेक्षित राजश्व संकलन नहुनु, राजश्व चुहावट रोक्नको लागि वडा तहदेखि सक्रिय नियमनको अभाव हुनु, दक्ष जनशक्तिको अभाव, नगरक्षेत्रभित्र उद्योगको विकास र विस्तार नहुनु, नागरिक तथा व्यवसायीमा कर तिर्नुपर्छ भन्ने दाहित्व बोध नहुनु, स्थानीय श्रोतको परिचालनमा कमि हुनु, सबै आर्थिक कारोबारलाई राजश्वको दायराभित्र ल्याउन नसक्नु जस्ता कारणले लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकिएको छैन । सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी, व्यवसायिक र सेवामूलक बनाई स्थानीय सरकारको उदेश्य र जनताको आवश्यकतासँग आवद्धता गर्नु चुनौती रहेको छ ।
पर्यटकीय, साँस्कृतिक तथा कृषिको हिसावले विकासका प्रचुर संभावना बोकेको यो नगरपालिका विविध कारणले विकासको गतिमा सोचे अनुरुप अगाडि वढ्न सकिरहेको छैन । यहाँका वासिन्दाको आर्थिक, सामाजिक अवस्थाको आंकलन गर्दा उन्नत भई सकेको अवस्था देखिदैन । अझै पनि यस क्षेत्रका वासिन्दाहरु स्वच्छ पिउने खानेपानीको पहुँचबाट टाढा छन् र विविध खानेपानीका आयोजना संचालन गरी एक घर एक धाराको अभियान नभएको भने होइन । सबै मौसममा चल्ने सडक निर्माण गर्न नसकेको कारणले नगरबासीले कठिनाई भोग्ने परेको छ । नगरको धेरै क्षेत्रमा वैज्ञानिक तथा गुणस्तरीय विद्युतीकरण गर्न सकिएको छैन । आर्थिक रुपले सक्रीय जनशक्ति रोजगारीको अभावमा निश्क्रिय अवस्थामा छ भने धेरैजसो युवाहरु कामको खोजीमा वैदेशिक रोजगार अंगालेका छन् जसका कारण यस क्षेत्रका खेतीयोग्य जमिन बाँझो भएका छन् भने सबैखाले खाद्य वस्तुहरु र तरकारी अन्यत्रबाट आयात गरी उपयोग गर्नु परेको छ । हाल भई रहेको खेती प्रणाली परम्परागत र आत्मनिर्भर मात्र भएको कारण कृषि पेशामा संलग्न जीवन निर्वाहमा कठिनाई उत्पन्न भएको छ । कृषि पेशालाई व्यवसायिक र सम्मानजनक पेशाको रुपमा विकास गर्न नसकिएको कारण यस क्षेत्रमा जनशक्तिको अभाव हुन गई उत्पादन लागत पनि तुलनात्मक रुपमा बढ्दै गएको छ ।
त्यसैगरी अव्यवस्थित बसोबासको कारण आधारभूत सेवा प्रवाहमा कठिनाई त छंदैछ त्यसको अलावा सहज आवागमनमा असहजताका साथै शहरी सुन्दरता दिनानुदिन खस्किदै गइरहेको छ । भू–उपयोग अवस्था उत्तिकै चिन्ताजनक रहेको छ । यस क्षेत्रमा भएका सार्वजनिक जग्गाहरु दिनानुदिन अतिक्रमित हुँदै गएका छन् र संरक्षणको पर्खाइमा छन् । वातावरणमैत्री र व्यवस्थित शहरीकरणको अभावले यहाँका मानिसहरुको जीवन कष्टकर बनेको छ । विविध कारणले पछाडि पारिएको वर्ग र समुदायहरु लोकतन्त्रको प्रत्यक्ष प्रतिफल उपभोग गर्न असमर्थ र वञ्चित छन । बालमैत्री, युवामैत्री, कृषिमैत्री, उद्योगमैत्री, लक्षित वर्गमैत्री, महिलामैत्री, अपाङ्गमैत्री, प्रविधिमैत्री, सुशासनमैत्री नगर बनाउने अभिभारा हामिमा नै छ । विगतमा आफ्नै गाउँ विकास समितिवाट सेवा लिई रहेका नगरबासीहरुलाई साँच्चै नगरवासी भएको अनुभूत गराई सकारात्मक समाजिक परिवर्तन सहितको आर्थिक सम्वृद्धि दिलाउनु चुनौतिपूर्ण रहेको छ ।
उल्लेखित अवस्था, चुनौती र समस्या हुँदाहुँदै पनि नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, लक्षित वर्गको शसक्तिकरण, विद्युतीय शासन एवं भुक्तानी प्रणाली, खर्च क्षमता लगायतको क्षेत्रमा नगरपालिकाले सन्तोषजनक नतिजा दिन सफल भएको कुरा विभिन्न निकायले मापन गर्ने मूल्यांकन÷सूचकांक एवं सेवाग्राही तथा सरोकारवालाहरुबाट प्राप्त पृष्ठपोषणबाट प्रमाणित हुन्छ ।
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट तर्जुमाको क्रममा प्रमुख रुपमा लिईएका देहायका आधारहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
आधारहरुः
विपद् पश्चातको राहत वितरण, पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनर्लाभ तथा पुनर्निर्माणमा सम्बन्धी कार्यक्रमहरु ।
नेपालको संविधानमा व्यवस्था भएका राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु र मौलिक हक,
संविधानको अनुसूची ८ र ९ मा रहेका स्थानीय तहका एकल अधिकार र साझा अधिकारका सूचीहरुमा भएका व्यवस्था,
पन्धौ योजनाको समिक्षा
सोह्रौं योजना तर्जुमा गरेको आधारपत्र,
दिगो विकासका लक्ष्यहरु,
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएका व्यवस्था स्थानीय तहका काम, कर्तव्य र अधिकारहरु,
अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शन,
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समय समयमा जारी भएका परिपत्रहरु,
स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५,
संघीय सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट,
नगर कार्यपालिकाबाट गठित विभिन्न विषयगत समितिहरुबाट प्राप्त सुझावहरु,
नमोबुद्ध नगरपालिकाको आवधिक योजना, स्थानीय अनुकुलन कार्य योजना, मध्यमकालीन खर्च संरचना, विपद् प्रतिकार्य योजना,
स्थानीय माग र आवश्यकता,
ठुला र गौरवका आयोजना,
अधुरा र पूरा गर्नेपर्ने जनमुखी आयोजना,
उत्पादन बृद्दी र रोजगार प्रवर्धन गर्ने खालका आयोजनाहरु ।
दिगो प्रतिफल दिने, टिकाउ र धेरै जनसंख्या लाभान्वित हुने कार्यक्रम तथा आयोजनाहरु ।
विषयगत समिति, राजश्व परामर्श समितिबाट प्राप्त सुझावहरु समेतका आधारमा सम्भव भएसम्म जनचाहनालाई समेट्ने अभिप्राय लिई प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तयार गरिएको छ ।
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
विपद् पश्चातको राहत वितरण, पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनर्लाभ तथा पुनर्निर्माणमा केन्द्रित गर्दै आहतमा परेका नगरबासीलाई राहत हुने राहत, रोजगारी, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास, कृषि, शिक्षा र विपद् व्यवस्थापनमा जोड दिदै तथा अनुमानित गरे बमोजिमको राजश्व संकलन तथा अनुदान प्राप्त नभएका कारण दाहित्व सिर्जना भएका आयोजनाहरुलाई बजेट विनियोजनमा प्राथमिकता दिएको छु ।
“कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार“ भन्ने मूल नारालाई आत्मसात् गर्दै संविधानको मर्म र भावना अनुरुप सबै प्रकारका विभेदहरु अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितताका लागि समावेशी र पछाडी परेका नगरबासीलाई राहत हुने गरी स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, विपद व्यवस्थापन र पुराना तथा बहुवर्षीय योजनाहरुलाई संचालनमा विशेष जोड दिने खालका कार्यक्रमहरुलाई पनि लक्षित गर्दै बजेट विनियोजनमा प्राथमिकता दिएको छु ।
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय उपस्थित सम्पूर्ण नगरसभा सदस्यज्यूहरु,
अब म चालु आ.व. २०८१/०८२ मा यस नमोबुद्ध नगरपालिकाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति प्रमुख प्रशासकीय अधिकृतबाट प्रस्तुत भएको विषय नदोहोर्याई वार्षिक बजेट तथा कार्यक्रम तर्फ जान चाहन्छु ।
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
अब म नमोबुद्ध नगरपालिकाको आगामी आ.व. २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति चाहन्छु । बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व यस नगरपालिकाको दिर्घकालिन सोंच (ख्ष्कष्यल), लक्ष (ःष्ककष्यल), उद्देश्य (इदवभअतष्खभ) र बजेटका प्राथमिकताको बारेमा संक्षिप्त प्रस्तुति गर्न अनुमति चाहन्छु ।
दीर्घकालिन सोचः “कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार” ।
लक्ष्यः रोजगारीका अवसर सिर्जना र आय्सत्रमा सुधार, सक्षम र स्वास्थ्य, सभ्य नागरिक निर्माण, पूवार्धार सुविधामा पहुच वृद्धि र जीवनयापनमा सहजता, जैविक विविधता संरक्षण र प्राकृतिक श्रोतको उपयोग र न्यायोचित वितरण, प्रभावकारी सेवा प्रवाह सहित सुशासन प्रवद्र्धन, क्षेत्रीय तहमा पारस्परिक लाभका लागि साझेदारी र सहकार्यको वातावरण निर्माण भई नागरिकको जीवनस्तरमा सुधार भएको हुने ।
उद्देश्यहरुः
१. स्थानीय अर्थतन्त्रमा गतिशीलता ल्याई रोजगारी एवं आय आर्जनबाट आमनागरिकको आर्थिक स्थितिमा सुधार ल्याउनु ।
२. सामाजिक सेवा सुविधाहरुमा सावि वर्ग समुदायको पहुँच अभिवृद्धि गर्दै शिक्षित, स्वास्थ्य र समन्यायिक समाजको निर्माण गर्नु ।
३. पूर्वाधारहरुको विकास र विस्तार गरी आधारभूत सेवा सुविधाको पहुँचमा अभिवृद्धि गर्दै आमनागरिकहरुको जनजीवनमा सहजता ल्याउनु ।
४. विपद जोखिम न्यूनीकरण तथा जैविक विविधता एवं प्राकृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्दै दिगो उपयोग गर्नु ।
५. संस्थागत क्षमता अभिवृद्धि गर्दै नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावकारी, पारदर्शी र सुशासनको प्रत्याभूति गराउनु ।
यी उद्देश्य पूरा गर्न आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका प्राथमिकताहरुः
१. कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि वृद्धि गर्ने,
२. गुणस्तरीय रोजगारमूलक शिक्षा तथा आधारभूत स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्ने,
३. समतामूलक विकास र सामाजिक समावेशीतामा जोड दिने,
४. वातावरण संरक्षण गर्दै विकास र वातावरण बीच सन्तुलन कायम गर्ने,
५. विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने,
६. व्यवसायिक कृषि, पर्यटन पूर्वाधार तथा प्रवद्र्धन, औद्योगिक विकास, निजी क्षेत्र प्रवद्र्धन, मानव पुंजी विकास तथा सुशासन योजनाको अग्रिम क्षेत्रको रुपमा प्राथमिकतामा राखिने,
७. शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापन,
८. गुणस्तरीय खानेपानी सेवाको विस्तार,
९. वातावरणमैत्री उद्योग,
१०. प्रविधिमैत्री विद्यालय निर्माण,
११. संस्थागत क्षमतामा वृद्धि तथा सेवा प्रवाहमा प्रभावकारीता,
१२. गुणस्तरीय सार्वजनिक सेवामा नागरिकको सहज पहुँच, भष्ट्राचार उन्मुलन र सुशासन अभिवृद्धि,
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय उपस्थित सम्पूर्ण नगरसभा सदस्यज्यूहरु,
बजेटले समेटेका प्रमुख विषयहरुः
भौतिक पूर्वाधार विकास
पुनर्निर्माण तथा पुनस्र्थापना
शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकास
वातावरण संरक्षण तथा विपद् व्यवस्थापन
पशुपंक्षीविकास, कृषि, रोजगारी लगायत आर्थिक विकास
सुशासन तथा संस्थागत विकास
समन्यव, सहकार्य तथा साझेदारी
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
अब म आ.व. २०८२/०८३ का लागि अनुमानित गरिएको बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. आर्थिक वर्ष २०८२/०८३ को लागि अनुमानित आन्तरिक आय ४ करोड ५६ लाख ७८ हजार ८ सय ४२ रुपैया, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ४१ लाख ४ हजार, राजश्व बांडफांड ३ करोड ७४ लाख १० हजार ८४७ रुपैया, सशर्त अनुदान १ करोड ९४ लाख ४३ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान ३ करोड यसै गरी संघीय सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १० करोड ५४ लाख, राजश्व बांडफांड ८ करोड ५४ लाख, सशर्त अनुदान ३० करोड ९९ लाख, विशेष अनुदान १ करोड ६५ लाख यसै गरी अन्य विविध आय तर्फ १३ करोड १९ लाख ७६ हजार ४ सय ७० रुपैया गरी कुल अनुमानित आय ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैया प्रक्षेपण गरेको छु ।
२. नगरपालिका भित्रको चालुगत शिर्षकका लागि यसै साथ संलग्न अनुसूचीमा भए बमोजिम रकम रु. १८ करोड ३२ लाख २६ हजार ५ सय ३१ रुपैया विनियोजन गरेको छु ।
३. सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुर्याउने कार्यलाई निरन्तर तथा थप व्यवस्थित गर्नका लागि रकम रु. ५ लाख विनियोजन गरेको छु ।
४. बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको साझेदारीमा वडा नम्बर ०६ मा निर्माणाधीन झोलुङ्गे पुलको साझेदारीका लागि रकम रु. ७ लाख ५७ हजार विनियोजन गरेको छु ।
५. भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासी जग्गा वितरण कार्यक्रम लाई थप प्रभावकारी बनाउनका लागि रकम रु. १५ लाख विनियोजन गरेको छु ।
६. नमोबुद्ध नगरपालिकाको वडा नम्बर ३ मा बहुवार्षिक रुपमा साझेदारीमा निर्माण हुन लागेको एकीकृत वैज्ञानिक फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माणको लागि यस आ.व.मा रु. ५० विनियोजन गरेको छु ।
७. नगर स्तरीय प्रकोप व्यवस्थापन कोषका लागि रकम रु. ५० लाख विनियोजन गरेको छु ।
८. नगरपालिकामा रहेका विभिन्न कोषहरुलाई रु. २ लाख विनियोजन गरेको छु ।
९. संघीय सरकार, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति, सडक बोर्ड लगायतका निकायसँगका आयोजनाहरुको लागत साझेदारीका लागि रकम रु. ७ करोड १० लाख विनियोजन गरेको छु ।
१०. नगरपालिका र वडा कार्यालयमा आवश्यक पर्ने विविध मेशिनरी औजारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
११. विभिन्न विषयगत क्षेत्रहरुका लागि रकम रु. ८ करोड ५९ लाख ९६ हजार ६ सय ३० रुपैया विनियोजन गरेको छु ।
१२. विषयगत क्षेत्र तर्फ विनियोजन भएको रकमबाट पशु सेवाका कार्यक्रम लागि रकम रु. २५ लाख, कृषि विकास कार्यक्रमका लागि २ करोड ३ लाख, पशु विमा कार्यक्रमका लागि ५ लाख, शिक्षा क्षेत्र १० लाख, बाल विकास केन्द्रका शिक्षक तथा सहयोगी कार्यकर्तालाई थप पारिश्रमिक रकम रु. ७००० हजारका दरले ९१ लाख, शिक्षण सहयोग कार्यक्रमका लागि प्रति शिक्षक राकम रु. ३२ हजार ९ सय २ का दरले २१ लाख ३८ हजार ६ सय ३०, डिजीटल नमोबुद्ध कार्यक्रमको लागि ५ लाख, नगर भित्रका सम्पूर्ण क्याम्पसहरुलाई अनुदानमा एकमुष्ठ रु. ६ लाख, युवा उद्यमशिलता कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य शाखासँग सम्बन्धित कार्यक्रम २५ लाख, दाप्चा नमोबुद्ध नगर अस्पतालको संचालनको लागि ५ लाख बजेट विनियोजन गरेको छु ।
१३. महिला स्वयंसेविकालाई प्रोत्साहन गर्ने उदेश्यले मासिक रकम रु. १००० उपलब्ध गराउदै आईएकोमा आगामी आर्थिक वर्षबाट ५०० थप गरी मासिक रु. १५०० का दरले प्रोत्साहन कार्यक्रमका लागि १४ लाख ५८ बजेट विनियोजन गरेको छु ।
१४. महिला स्वयंसेविका निवृत हुँदा नगरपालिकाबाट खाली हात नजानी नीति अनुसार प्रत्येक महिला स्वयंसेविका लागि २० हजार निवृत खर्चको व्यवस्था मिलाएको छु ।
१५. आयुर्वेद शाखासँग सम्बन्धित कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेको छु ।
१६. लक्षित वर्गहरुको मोतिविन्दु रोगको उपचार गर्नका लागि बजेट विनियोजन गरेको छु ।
१७. जनतालाई स्वास्थ्य सेवाको पहुँचसम्म पुर्याउन एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन बजेट विनियोजन गरेको छु ।
१८. राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रम लगायत खेलकुद विकास कार्यक्रम संचालनका लागि रकम रु. २० लाख विनियोजन गरेको छु ।
१९. महिला, बालबालिकाका क्षेत्रमा तथा घरेलु हिंसा पिडित महिला÷पुरुषहरुको लागि पुनःस्थापना केन्द्र संचालन खर्च गरी १३ लाख बजेट विनियोजन गरेको छु ।
२०. वडास्तरीय रुपमा महिला आय आर्जन कार्यक्रम तथा तालिमका लागि रकम रु. ५ लाख विनियोजन गरेको छु ।
२१. नगरपालिकालाई बालमैत्री नगरपालिका निकटतम भविष्यमा घोषणा गर्नका लागि बालमैत्री पूर्वाधार निर्माण तथा कार्यक्रमका लागि रकम रु. २० लाख विनियोजन गरेको छु ।
२२. लक्षित वर्ग अन्तर्गत दलित आय आर्जन कार्यक्रम नगरस्तरीय रुपमा सबै वडाको प्रतिनिधित्व हुने गरी संचालन गर्ने उद्देश्य अनुरुप रकम रु. ११ लाख विनियोजन गरेको छु ।
२३. नमोबुद्ध कोसेली घर निर्माण तथा नगरस्तरीय सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक बजेट सुनिश्चित गरेको छु ।
२४. आवश्यकताका आधारमा नगरस्तरीय योजना संचालनका लागि रकम रु. ५५ लाख विनियोजन गरेको छु ।
२५. वित्तीय हस्तान्तरणको अनुमानित बजेट अपेक्षित रुपमा नगरपालिकालाई प्राप्त नभएको र सम्झौता भई कार्यान्वयन भएका योजना अ.ल्या गरी भुक्तानी गर्नका लागि रु. २ करोड ५० लाख रकम विनियोजन गरेको छु ।
२६. वातावरण तथा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन केन्द्र क्षेत्रमा रकम रु. ३ लाख बजेट विनियोजन गरेको छु ।
२७. वृहत वृक्षारोपण कार्यक्रम संचालन गर्नका लागि रकम रु. १ लाख बजेट विनियोजन गरेको छु ।
२८. नमोबुद्ध नगरपालिकाको विभिन्न योजनाको डी.पि.आर., पर्यटन गुरु योजना, जे.सी. अडिट, राजश्व सुधार कार्ययोजना, आई.ई.ई लगायत संस्थागत विकाससँग सम्बन्धित आवश्यकता अनुसारको प्रतिवेदन तयार गर्नका लागि रु. २० लाख बजेट विनियोजन गरेको छु ।
२९. न्यायिक समिति तथा मेलमिलापकर्ता व्यवस्थापनका लागि रु. १० लाख बजेट विनियोजन गरेको छु ।
३०. शान्ति सुरक्षासँग सम्बन्धित र मानव सेवा आश्रमलाई अनुदानका लागि रु. ५ लाख रु. २ लाख बजेट विनियोजन गरेको छु ।
३१. संचार क्षेत्रलाई प्राथमिकतामा राखी नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखालाई अनुदान स्वरूप रकम रु. ३ लाख विनियोजन गरेको छु ।
३२. संघीय सरकारको अनुदानमा नेपाल जलवायु नमुना कार्यक्रमको लागि २० लाख बजेट विनियोजन भएको छ ।
३३. नगरपालिका भित्रका बजार व्यवस्थापनको लागि आवश्यक विनियोजन गरेको बजेट विनियोजन गरेको छु ।
३४. सडक बत्ती मर्मत तथा व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
३५. संघीय सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ०७ स्थित नौबिसे पुजारी टापु, साउनेडाँडा वडा कार्यालय सडक (नविन प्रा.वि., खनालथोक, स्वास्थ्यचौकी र जनहित माध्यमिक विद्यालयलाई वडा केन्द्र सम्म जोड्ने) का लागि १ करोड ७४ करोड बजेट विनियोजन गरेको छु ।
३६. बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ०३ स्थित २० किलो दाहालचौर सडकका लागि २ करोड बजेट विनियोजन गरेको छु ।
३७. बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर २ स्थित २ नम्बर वडा कार्यालय सालथुम्की सडक निर्माणका लागि रकम रु. २ करोड बजेट विनियोजन गरेको छु ।
३८. बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ०६ स्थित २६ किलो हुँदै कुलायनथान सडक निर्माणका लागि रकम रु. २ करोड बजेट विनियोजन गरेको छु ।
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
३९. सम्पूर्ण वडाहरुमा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि जनसंख्या, क्षेत्रफल र राजश्व संकलनलाई मूल आधार मानि सुत्रमा राखी जम्मा एकमुष्ट रकम रु. २ करोड बजेट विनियोजन गरेको छु । साथै वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रकम ४ करोड २० लाख बजेट वडा सिलिङ्गमा विनियोजन गरेको छु ।
४०. बाढी तथा पहिरोजन्य प्रकोपबाट क्षति भएका पूर्वाधार हुँदा आगामीको पुनस्र्थापना, संरक्षण, पुनरुत्थान, पुनर्लाभ तथा पुनर्निर्माणमा केन्द्रित गर्दै विशेष कार्यक्रमहरु संचालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४१. विपद् पश्चात क्षति भएका खानेपानी योजनाहरुको पुनर्निर्माण गरी एक घर एक धारा कार्यक्रमलाई विभिन्न निकाय एवं सरकारको समन्वय र सहकार्यमा आवश्यक बजेटको सुनिश्चितता गरेको छु ।
४२. संघीय सरकार, बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको लगानी वडा नम्बर ०३ मा निर्माण भई रहेको उर्जा किफायती अन्न भण्डारण तथा प्रशोधन प्रविधिको उद्योग व्यावसायिक तरकारी तथा फलफुल खेतीको लागि बजार प्रवद्र्धन कार्यक्रमका (कोल्ड स्टोर) लाई बहुवर्षीय योजनाको रुपमा समावेश गरी २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रकम रु. २ करोड बजेट व्यवस्थापन गरेको छु र सोलाई समयमा नै सम्पन्न गर्नका लागि विभिन्न निकायसँग थप श्रोत व्यवस्थापनका लागि आवश्यक पहल गरेको छु ।
४३. आर्थिक वर्ष २०८१÷०८२ मा स्थापना भएका पकेट विकास कार्यक्रम संचालन गर्नका लागि आवश्यक प्रबन्ध मलाएको छु ।
४४. तोकिएको विद्यार्थीको दिवा खाजाका लागि विद्यालय अनुदान ७७ लाख २२ हजार बजेट विनियोजन गरेको छु ।
४५. मृगौला प्रत्यारोपण गरेका डायलिसस गराई रहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका
विरामीहरुका लागि औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले ४६ लाख ४० हजार बजेट विनियोजन गरेको छु ।
४६. माध्यामिक तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदान, शिक्षकका लागि तलबभत्ता समेतका लागि ४० करोड ६० हजार बजेट विनियोजन गरेको छु ।
४७. विद्यालय संचालन तथा व्यवस्थापन अनुदान तर्फ ३१ लाख २५ हजार बजेट विनियोजन गरेको छु ।
४८. माध्यमिक तह कक्षा ९–१० अग्रेजी, गणीत र विज्ञान विषयमा शिक्षण सहयोग अनुदानका लागि ४६ लाख २४ हजार बजेट व्यवस्था गरेको छु ।
४९. आधारभूत तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदान शिक्षकका लाई तलवभत्ता अनुदानका लागि १२ करोड २४ लाख बजेट व्यवस्था गरेको छु ।
५०. सम्भाव्य अत्पादनको उत्पादकत्व र बजार प्रतिष्पर्धा वृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु ।
५१. सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि निशुल्क पाठ्यपुस्तक वितरणका लागि २८ लाख ७७ हजार बजेट विनियोजन गरेको छु ।
५२. संघीय सशर्त अनुदान मार्फत विभिन्न शिर्षकमा प्राप्त भएको शिक्षा तर्फको रकम रु. २१ करोड लाई सोही शिर्षकमा हुवहु कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु ।
५३. उद्यमशिलता, रोजगारीमुलक सशक्तीकरण सिप विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रमका लागि राष्ट्रिय रोजगार कार्यक्रम मार्फत लागि ५ लाख बजेट विनियोजन गरेको छु ।
५४. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका संचालन गर्नका लागि ५ लाख १० हजार बजेट विनियोजन गरेको छु ।
५५. संघीय सशर्त अनुदान मार्फत विभिन्न शिर्षकमा प्राप्त भएको स्वास्थ्य तर्फको रकम रु. ६ करोड ९६ लाखलाई सोही शिर्षकमा हुबहु कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु ।
५६. विपद् पश्चात क्षति भएका वडा नम्बर ०५ का प्राथमिकतामा परेका आयोजनाहरुको पुनर्निर्माणका लागि संघीय सरकार मार्फत रकम रु. ४० लाख बजेटको व्यवस्था मिलाएको छु ।
५७. संघीय सरकार मार्फत वडा नम्बर ०५ को बस्ति विकास कार्यक्रमका लागि रकम रु. ४० लाख बजेटको व्यवस्था मिलाएको छु ।
५८. संघीय सरकार मार्फत वडा नम्बर १० को ऐसेलुचौर दाप्चा सडक स्तरोन्नतिका लागि रकम रु. ४० लाख बजेटको व्यवस्था मिलाएको छु ।
५९. संघीय सरकार मार्फत वडा नम्बर ०१ को तल्लोचौर तथा मानेगाउँ तामाङ बस्ति विकास कार्यक्रमका लागि रकम रु. ४० लाख बजेटको व्यवस्था मिलाएको छु ।
६०. शहरी विकास मन्त्रालयबाट नमोबुद्ध नगरपालिकाको प्राथमिकतामा परेको एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रमहरु कार्यान्वयनका लागि रकम रु. ४ करोड बजेट विनियोजनको लागि आवश्यक प्रबन्ध मिलाएको छु ।
६१. संघीय सरकारबाट फुलबारी बुच्चाकोट भकुण्डे सडकका लागि रकम रु. २५ लाख बजेट विनियोजनको लागि आवश्यक प्रबन्ध मिलाएको छु ।
६२. संघीय सरकारबाट वडा नम्बर १ मथुरापाटि हुँदै वडा नम्बर ०२ को कार्यालय जोड्ने सडक स्तरोन्नतिका लागि रकम रु. ३ करोड बजेट विनियोजनको लागि आवश्यक प्रबन्ध मिलाएको छु ।
६३. संघीय सरकार मार्फत वडा नम्बर ०२ को वि.पि. राजमार्ग श्रीराम बस्ति बुच्चाकोट भगवती मन्दिर सडकका लागि रकम रु. २५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
६४. संघीय सरकार मार्फत वडा नम्बर ०२ को वि.पि. राजमार्ग श्रीराम बस्ति बुच्चाकोट ठुलो पोखरी कोटदेवी सडकका लागि रकम रु. २५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
६५. प्रदेश सरकार वडा नम्बर ०२ को बुच्चाकोट खानेपानी योजनाका लागि रकम रु. २५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
६६. प्रदेश सरकारबाट तल्लो हटिया ठुलधारा मूल संरक्षणका लागि रकम रु. २५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
६७. प्रदेश सरकारबाट गैरापाटि उकालो कोटपारी कार्कीछेडा सडक स्तरोन्नति लागि रकम रु. २५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
६८. प्रदेश सरकारवाट ठुलो भालुखर्क ढलान तथा बाल ग्याबिन निर्माण सडक स्तरोन्नति लागि रकम रु. ३० लाख बजेटको व्यवस्था मिलाएको छु ।
६९. प्रदेश सरकारबाट वडा नम्बर ०६ को चरंगेफेदी र खाक्सी आधारभूत स्वास्थ्य सेवा केन्द्र सुदृधिकरणका लागि क्रमशः रकम रु. १५÷१५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
७०. प्रदेश सरकारबाट वडा नम्बर ०९ स्थित दाप्चा कोटकालिका देवी मन्दिरमा पूर्वाधार निर्माणका लागि रकम रु. ३५ लाख बजेटको व्यवस्था मिलाएको छु ।
७१. प्रदेश सरकारबाट तल्लो हटिया कात्रे चौकी डाँडा मोटर बाटोका लागि रकम रु. १ करोड ७० लाख बजेटको व्यवस्था मिलाएको छु ।
७२. प्रदेश सरकारबाट वडा नम्बर ०५ स्थित पौवा पात्लाखर्क चौर सडक स्तरोन्नतिका लागि रकम रु. ४० लाख बजेटको व्यवस्था मिलाएको छु ।
७३. बाबु आमा विहिन बालबालिका संरक्षण कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु ।
७४. एक विद्यालय एक नर्स कार्यक्रममा निरन्तरता गरी सोका लागि ३३ लाख ९५ हजार बजेट विनियोजन गरेको छु ।
७५. बागमती प्रदेश सरकारबाट नमोबुद्ध नगरपालिका वडा नम्बर ०३ स्थित वि.पि राजमार्ग ढुङ्गासाँघु चरुवा भिडाबारी बोहोरे सडकलाई बहुवर्षीय योजनामा समावेश गरी आवश्यक बजेटको श्रोत सुनिश्चितताको प्रबन्ध मिलाएको छु ।
७६. बागमती प्रदेश सरकारबाट नमोबुद्ध नगरपालिका वडा नम्बर ०९ स्थित दाप्चा नेपाने गहते फलामेसाँघु सडकलाई वहुवर्षीय योजनामा समावेश गरी आवश्यक बजेटको श्रोत सुनिश्चितताको प्रबन्ध मिलाएको जानकारी गराउछु ।
७७. संघीय सरकारबाट नमोबुद्ध नगरपालिकाको काशीखण्ड वृहत खानेपानी योजना, नमोबुद्ध वृहत खानेपानी योजना, फ्याङ खोला खानेपानी योजना, खनालथोक खाक्सी दाप्चा क्षेत्र वृहत खानेपानी योजना लागि बजेटको व्यवस्था भएको छ ।
७८. वडा नम्बर ०५ स्थित जनशक्ति प्रा.वि., वडा नम्बर १० स्थित बालउज्ज्वल माध्यमिक विद्यालय, वडा नम्बर १० स्थित पन्चकन्या आ.वि.का लागि बागमती प्रदेश सरकारको समन्यवमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
७९. बागमती प्रदेश सरकारबाट नमोबुद्ध नगरपालिका वडा नम्बर ०५ स्थित रक्तकाली पिकनिक पार्क निर्माणका लागि रकम रु. १० लाख, वडा नम्बर ०३ स्थित कालिका देवी, पन्च कन्या मन्दिर, राधा कृष्ण मन्दिर निर्माणका लागि क्रमशः रकम रु. १० लाखको व्यवस्था मिलाएको जानकारी गराएको छु ।
८०. बागमती प्रदेश सरकारबाट नमोबुद्ध नगरपालिका वडा नम्बर ४ स्थित मेथिनकोट खानेपानी आयोजनाका लागि रकम रु. १० लाख, वडा नम्बर ०३ स्थित काफ्लेको दह नेपाल डिही खानेपानीका लागि रकम रु. १० लाख, वडा नम्बर ०१ स्थित फलाटे धारा खानेपानी तथा पाईपलाईन विस्तार योजनाका लागि रकम रु. २० लाख, वडा नम्बर ०२ स्थित बाँसखर्क पिपलचौर खानेपानी निर्माणका लागि रकम रु. १० लाख, वडा नम्बर ११ स्थित भालुखर्क खानेपानी योजनाका लागि रकम रु. १० लाख, वडा नम्बर ०९ स्थित बाघमारा खानेपानी योजनाका लागि रकम रु. १० लाख लगायत विभिन्न खानेपानी योजनाहरुमा आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
८१. कृषि कार्यक्रमको प्रवद्र्धनका लागि तथा सिचाईको पहुँच पुर्याई कृषि उत्पादनमा वृद्धि ल्याउने उद्देश्य अनुरुप वडा नम्बर ०८ स्थित पिपलटार सिंचाईलाई बागमती प्रदेश सरकारको सहयोगमा रकम रु. १० लाख, वडा नम्बर ११ स्थित रोशी टार सिंचाई कुलो निर्माण योजनाका लागि रकम रु. १० लाख लगायतका लगायत विभिन्न सिंचाईका योजनाहरुमा आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
८२. नगरबासीको सूचना प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्नको लागि पत्रपत्रिका, एफ.एम. रेडियो, अनलाईन मिडिया प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
८३. प्रचलित कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम क्रमश संचालन गरिदै लाग्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
८४. नमोबुद्ध नगर घुम्ती स्वास्थ्य परिक्षण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
८५. बालमैत्री नगरपालिका घोषणा गर्नका लागि कार्यक्रम संचालन गरिदै लगिने व्यवस्था मिलाएको छु ।
८६. सडक मानव मुक्त नगर बनाउनका लागि आवश्यक व्यवस्था मिलाएको छु ।
८७. नगरपालिकाले माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका प्राकृतिक श्रोत विक्रिको लागि खोलेको बोलपत्र अनुसार उठेको रकमको राजश्व विभाज्य कोषमार्फत बागमती प्रदेश सरकारलाई फिर्ता पठाउने व्यवस्था मिलाएको छु ।
८८. राजश्व चुहावट नियन्त्रण गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्न व्यवस्था मिलाएको छु ।
८९. आर्थिक वर्ष २०८२/०८३ को विस्तृत विनियोजन बजेटको शिर्षक सहितको विवरण नगर सभामा छुट्टै पेश गरेको छु ।
९०. आर्थिक वर्ष २०८०/०८१ को यथार्थ खर्च, चालु आर्थिक वर्ष २०८१/०८२ को संशोधित अनुमान र आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय र व्ययको विवरण अनुसूचीमा समावेश गरेको छु ।
श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरु,
अन्त्यमा,
नगरपालिकाको आन्तरिक राजश्व अपेक्षित रुपमा बिस्तार हुन नसकेको, संघीय सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानको माध्यमबाट प्राप्त हुने वित्तीय हस्तान्तरण विगतको वर्ष भन्दा घट्न गएको साथै चालु आर्थिक वर्ष २०८१/०८२ को दायित्व समेत आगामी आर्थिक वर्षमा थप हुने भएको कारण बजेटमा चाप परेको छ ।
नमोबुद्ध नगरपालिकाले विगतका असल अभ्यास र जनतामुखी कार्यक्रमहरुलाई निरन्तरता दिई आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छु र यस कार्यमा सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दछु । योजना तथा कार्यक्रम तर्जुमा गर्नु भन्दा त्यसको सफल र गुणस्तरीय ढंगले समयमा कार्यान्वयन गर्नु हाम्रा लागि चूनौतिको विषय भएकोले आगामी दिनमा सफल योजना कार्यान्वयनका लागि सवै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछु । भावी दिनमा समृद्ध र सु–संस्कृत नमोबुद्ध नगर बनाउन सबै राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र, विभिन्न पेशागत संघसस्थाका महानुभावहरु, शिक्षक, पत्रकार लगायत सबै नमोबुद्धवासीमा हार्दिक अपिल गर्दछु ।
मैले आज प्रस्तुत गरेको बजेटको कार्यान्वयनले समाजवाद उन्मुख लोककल्याणकारी राज्य व्यवस्थालाई प्रवद्र्धन गर्न, संघीय सरकार÷प्रदेश सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तथा समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय सोचलाई सार्थक बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु । नमोबुद्धको सन्तुलित एवंम् समावेशी विकासमा टेवा पुर्याउन तथा सबै नगरबासीले सकारात्मक परिवर्तनको अनुभूति गर्ने दिशातर्फ उन्मुख गराउन यो बजेटले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरेको छु ।
योजना तर्जुमाका विभिन्न चरणमा सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु । उल्लेखित नीति, कार्यक्रम तथा बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षको सदासयता रहने छ भन्ने विश्वास सहित हामी सबैको सहकार्य, सहयोग र सदभावले मात्र यस नगरको सामाजिक रुपान्तरण सहितको आर्थिक समृद्धि तर्फको यात्रा सफल हुने सत्यलाई आत्मसात गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर सकृय सहभागिता, सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
जय नमोबुद्ध !
धन्यवाद !
रत्न बहादुर लामा
नगर उपप्रमुख
नमोबुद्ध नगरपालिका
भकुण्डेवेशी, काभ्रेपलाञ्चोक, नेपाल
मितिः २०८२ असार ०९ गते ।

November 16, 2025, Jyotishsanchar press