Dolor
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ७० पैसा र बिक्रीदर १४२ रूपैयाँ ३० पैसा निर्धारण गरिएको छ। भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रूपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ १४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ६० पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रूपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९६ पैसा र बिक्रीदर २० रूपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०४ पैसा कायम भएको छ ।
यसैगरि थाइ भाट एकको खरिददर चार रूपैयाँ ३७ पैसा र बिक्रीदर चार रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३४ रूपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७८ पैसा र बिक्रीदर नौ रूपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ र बिक्रीदर १५ रूपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०५ पैसा र बिक्रीदर २२ रूपैयाँ १५ पैसा तोकिएको छ।

November 17, 2025, Jyotishsanchar press