Dolor
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९४ पैसा तोकिएको छ।

November 21, 2025, Jyotishsanchar press