Rasifal 2
बनेपा । २०८२ साल मार्ग १० गते बुधबार तदनुसार २६ नोभेम्बर २०२५ । षष्ठी तिथी ३२ घडी ३८ पला सप्तमी तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र ३९ घडी २२ पला उप्रान्त धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ । बृही योग गर करण आज बिहान सूर्योदय ६:३४ मा र सूर्यास्त साँझ ५:७ मा हुनेछ । आज बुधबार चन्द्रमा मकर राशिमा
मेष राशि
अनावश्यकरूपमा दाजुभाइमा कलह बढेर जानेछ। शैक्षिक क्षेत्रमा बाधा आउनेछ। सानोतिनो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेकाबाट धोका पाइनेछ।
वृष राशि
जागिरमा अर्काले गरेका काममा पनि बाधा आउने देखिन्छ । पशु तथा चौपायाबाट घाटा बेहोर्नु पर्नेछ। परिवारमा सानोतिनो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
मिथुन राशि
अधुरा काम पूरा भएर जानेछन्। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लेखन शैलीमा तीव्रता हुनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। माङ्गलिक कार्यमा सहभागी भइने छ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
सिंह राशि
थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ। आँखासम्बन्धी समस्याले सताउनुका साथै राज्यपक्षबाट समेत जोगिनुपर्ने योग छ।
कन्या राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। मातृ स्वास्थ्यमा उतारचढाव आउने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मानसिक तनावसमेत बढेर जाने योग छ।
तुला राशि
पारिवारिक मेलमिलाप बढेर जानेछ । वैदेशिक कार्यबाट लाभ लिन सकिनेछ। सामाजिक उत्तरदायित्व बढेर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएकोले मानसम्मान पाइने योग छ।
वृश्चिक राशि
पराक्रम बढेर जानेछ। साझेदारी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। आकस्मिकरूपमा धनलाभ मिल्नुका साथै मान्यजनको मार्ग निर्देशनले काममा थप हौसला मिल्ने देखिन्छ।
धनु राशि
पारिवारिक कलह बढेर जानेछ । अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। आँखासम्बन्धी समस्याले सताउने योग छ । बोलीमा कठोरता आउने योग छ ।
मकर राशि
दूग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीको प्रभाव बढेर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। सौन्दर्यतामा मन जानेछ।
कुम्भ राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । धनमाल हराउन सक्ने देखिन्छ।
मीन राशि
दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। लेखनशैलीमा तीव्रता आउनेछ। मान्यजनबाट प्राप्त सहयोगले मनमा आनन्द छाउनेछ।

November 25, 2025, Jyotishsanchar press