Dolor
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा कायम रहेकाे छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर सय रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैङ्कले आजका लागि तोकिएको विनिमय दरलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने जनाएको छ।

November 26, 2025, Jyotishsanchar press