Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष ११ गते शुक्रबार तदनुसार २६ डिसेम्बर २०२५ । षष्ठी तिथी ९ घडी ५० पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । पूर्वभाद्रा नक्षत्र ५८ घडी ५२ पला उप्रान्त उत्तरभाद्र नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग गर करण आज बिहान सूर्योदय ६:५४ मा र सूर्यास्त साँझ ५:१४ मा हुनेछ । आज शुक्रबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
पराक्रम बढेर जानेछ । स्वास्थ्यमा सुधार हुने देखिन्छ। बोलीमा मिठास छाउनेछ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्ने सकिने देखिन्छ । मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।
वृष राशि
काममा ढिलासुस्ती भएर जानेछ । परिवारमा असमान्जस्य वादविवाद बढेर जाने देखिन्छ ।पारिवारिक समस्याले सताउने देखिन्छ । मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ । पारिवारिक समस्याले सताउने देखिन्छ। अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ।
मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ । लेखनशैलीमा तीव्रता आउनेछ। हराएको धनमाल भेटिन सक्ने सम्भावना बढेर गएको छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलो समय व्यतित भएर जाने देखिन्छ ।
कर्कट राशि
पठनपाठनमा रुची बढेर जानेछ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । पारिवारिक समस्याले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ । प्रेम गर्ने अवसर जुट्नेछ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनु पर्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । परिवारमा असामान्जस्य वादविवाद बढेर जाने देखिन्छ । पतिपत्नीबीच मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
कन्या राशि
बोलीको प्रभाव बढेर जानेछ । आफन्तको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । नयाँ साथीको आगमनले काममा जाेश जाँगर बढेर जानुका साथै लगानीसमेत बढ्ने योग छ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । राज्य पक्षबाट कष्टता पाइने योग छ । स्थान परिवर्तनको योग रहेको छ । स्वास्थ्यमा उत्तरचढाव आउनेछ। अनावश्यक खर्च बढेर जाने देखिन्छ। पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा सफलता पाइने योग छ । मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ । जग्गा जमिनसम्बन्धी कामबाट लाभ लिन सकिने देखिन्छ।
धनु राशि
नयाँ वस्त्र प्राप्त हुने योग छ । पारिवारिक सरसहयोगले अधुरा कामहरू पूरा भएर जानेछन् । आफन्तको सरसहयोग प्राप्त हुने देखिन्छ । पठनपाठनमा प्राप्त सफलताले सबैको प्यारो बनिने योग छ।
मकर राशि
जग्गा जमिनसम्बन्धी साझेदारी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। धार्मिक कार्यमा सहभागी हुनाले सबैको प्यारो बनिने योग छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।
कुम्भ राशि
सामाजिक काममा वादविवादको सामना गर्नुपर्ने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । शरिरमा आलस्यता बढेर जानेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ।
मीन राशि
सवारी साधनबाट जोगिनु पर्ने देखिन्छ । बौद्धिक क्षेत्रमा बाधा आउने योग छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । दाजुभाइमा कलह बढेर जाने देखिन्छ ।मानसम्मानमा अघात पुग्नेछ।

December 26, 2025, Jyotishsanchar press