Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल माघ २४ गते शनिबार तदनुसार ७ फेब्रुवरी २०२६ । षष्ठी तिथी ५३ घडी १४ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र ५२ घडी ४४ पला उप्रान्त स्वाती नक्षत्र प्रारम्भ हुनेछ । शुल योग गर करण आज बिहान सूर्योदय ६:४९ मा र सूर्यास्त साँझ ५:४८ मा हुनेछ । आज शनिबार चन्द्रमा कन्या राशिमा ।
मेष
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । अरुले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ। परिवारमा असमान्जस्य वादविवादको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ ।
बृष
आयमा कमी आउनेछ । मातृ स्वास्थ्यमा उतारचढाव आउने योग छ। परिवारमा बैमनस्यता उत्पन्न हुने देखिन्छ। विद्यामा बाधा हुनाले सबैबाट अपहेलित हुनुपर्ने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइनाले मनमा चिन्ता बढ्नेछ ।
मिथुन
कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक जमघटसँगै तीर्थस्थलको भ्रमण गरिने योग छ। नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउनेछ। मानसम्मानमा वृद्धि भएर जानेछ।
कर्कट
पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य हुनुका साथसाथै लामो समयदेखि फसेको धनसमेत उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। लेखन शैलीमा तीव्रता आउनेछ । मिष्ठान्न भोजनको अवसर समेत जुट्नेछ।
सिंह
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । राज्यपक्षबाट कष्टता पाइने योग छ। शैक्षिक क्षेत्रमा ह्रास आउनुका साथसाथै विश्वास गरेका आफन्तबाट समेत धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ । धनमालसमेत हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ ।
कन्या
पठनपाठनमा सफलता पाइने योग छ । सौन्दर्य सामग्री खरिद गरिने समय रहेको छ। हराएको धनमाल भेट्टाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ । कृषि क्षेत्रबाट मनग्य लाभ लिन सकिने योग छ।
तुला
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। सञ्चित धनको नाश हुनुका साथसाथै पैत्रिक सम्पत्तिमा समेत वादविवादको सामना गर्नुपर्ने देखिन्छ ।
बृश्चिक
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। पठनपाटनमा सफलता पाइने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
धनु
आर्थिक क्षेत्रमा ह्रास आउने योग छ। मानसम्मानमा आघात पुग्नेछ। लेखन शैलीमा कमी आउनुका साथसाथै मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएकाले सजगताका साथ अगाडि बढ्नुहोला। कुरा काट्नेहरू सक्रिय रहनेछन्।
मकर
रक्त सम्बन्धित समस्याले सताउने देखिन्छ। काममा ढिलासुस्ती भएर जानेछ। जग्गा जमिनसम्बन्धी वादविवाद बढेर जाने योग छ। पतिपत्नीबीच थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढ्नेछ ।
कुम्भ
वैदेशिक कार्यमा सफलता प्राप्त गर्न सकिने देखिन्छ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। लेखन शैलीमा तीव्रता आउनुका साथसाथै लामो दुरीको यात्राको समेत योग रहेको छ।
मीन
नयाँ कार्यको थालनी हुनेछ । भौतिक साधन खरिद गर्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । लेखन शैलीमा तीव्रता आउनुका साथसाथै भोजभतेरमा समेत सहभागी भइनेछ ।

February 7, 2026, Jyotishsanchar press