स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

रौतहट । गौर नगरपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

सोही नगरपालिका-१ बस्ने ४४ वर्षीय राकेश प्रसादलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बिआर ३० यु ७२४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित पक्राउ
हुम्लाकाे सिमकोट गाउँपालिका-४ बुराउसे बस्ने ७४ वर्षीय कुङगा सुन्दुप लामालाई भरूवा बन्दुक १ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

February 7, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको