Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल माघ २६ गते सोमबार तदनुसार ९ फेब्रुवरी २०२६ । अष्टमी तिथी अहोरात्र घडी ० पला उप्रान्त अष्टमी तिथि प्रारम्भ हुनेछ । बिशाषा नक्षत्र अहोरात्र घडी ० पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ । बृही योग बाणिज करण आज बिहान सूर्योदय ६:४८ मा भयो भने सूर्यास्त साँझ ५:४९ मा हुनेछ । आज सोमबार चन्द्रमा तुला राशिमा ।
मेष
भद्रकाम पूरा भएर जानेछन् । बोलीमा मिठास छाउनेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। हराएको धनमाल भेट्टाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
बृष
अनावश्यकरूपमा वादविवाद बढेर जानेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। विश्वास गरेका आफन्तले धोका दिनेछन् । पठनपाठनमा असफलता प्राप्त हुनाले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ।
मिथुन
कुरा काट्नेहरू सक्रिय रहनेछन् । साझेदारी काममा बाधा आउनुका साथसाथै वादविवादसमेत बढेर जाने देखिन्छ। पठनपाठनमा ह्रास आउने योग छ। लामो समयदेखि चल्दै आएको काममा बाधा आउनेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ।
कर्कट
मिष्ठान्न भोजनको अवसर जुट्नेछ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनुका साथसाथै लामो दूरीको यात्राको समेत अवसर जुट्नेछ।
सिँह
साझेदारी काममा बृद्धि भएर जानेछ । आकस्मिकरुपमा धन लाभ मिल्ने देखिन्छ। मनोरञ्जनमा समय व्यतित भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर जानुका साथसाथै काममा प्राप्त सफलताले सबैको विश्वासिलो भइनेछ।
कन्या
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। सञ्चित धनको नाश हुने योग छ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । मानसम्मानमा आघात पुग्ने देखिन्छ। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ।
तुला
हल्का कामहरू पूरा भएर जानेछन् । नयाँ काम पाइने योग छ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। तरल पदार्थबाट मनग्य लाभ लिन सकिने योग छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
बृश्चिक
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा ह्रास आउनुका साथसाथै अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । लामो समयदेखि गरिएको काममा बाधा आउने योग छ।
धन
पराक्रम बढेर जानेछ । आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। मानसम्मानमा बृद्धि हुने योग छ। नयाँ कार्यको थालनी हुनुका साथसाथैमा समेत सामेल हुने अवसर जुट्नेछ।
मकर
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। नशासम्बन्धी समस्याले सताउने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ । साथीभाइबाट धोका पाइनुका साथसाथै धनमालसमेत हराउन सक्ने योग रहेको छ।
कुम्भ
व्यापार व्यवसायमा घाटा बेहुनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्नुका साथसाथै विश्वास गरेका साथीभाइबाट समेत घाटा बेहोर्नुपर्ने योग छ।
मीन
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। नयाँ कार्यको थालनी हुनेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित भएर जानेछ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् ।

February 9, 2026, Jyotishsanchar press