अर्थतन्त्र

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेकाे छ । आज प्रतिताेला ९ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे हाे । अघिल्लाे तीन दिन घटेकाे मूल्य पछिल्लाे दुई दिन बढेकाे थियाे । आज पुनः घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार २०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । ६२० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ९८० कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 5, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रूपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ५० पैसा र बिक्रीदर ११३ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर चार रूपैयाँ ५६ पैसा र बिक्रीदर चार रूपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८८ पैसामा विनिमय हुनेछ।

Dolor

February 5, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेकाे छ । आज प्रतिताेला १४ हजार ४०० रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । २६५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६०० कायम भएको महासंघले जनाएकाे छ ।

Gold Rates 1734936480

February 4, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । मंगलबार एकको खरिद दर १४६ रुपैयाँ १३ पैसा र बिक्री दर १४६ रुपैयाँ ७३ पैसा तोकिएको अमेरिकी डलर एकको खरिददर आज १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

Dolor

February 4, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०५ पैसा र बिक्रीदर २१ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३१ पैसा तोकिएको छ।

Dolor

February 3, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९० रुपैयाँ ७४ पैसा कायम गरिएको छ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४० पैसा तोकिएको छ।

Dolor

February 2, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य ह्वात्तै घटेकाे छ । आज प्रतिताेला १८ हजार आठ सय रुपैँयाँले मूल्य घटेकाे हाे । गत शुक्रबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि ह्वात्तै घटेको छ । १ हजार ५६५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ५०० कायम भएको महासंघले जनाएकाे छ । 

गत बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

Gold Rates 1734936480

February 1, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

Dolor

February 1, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढेको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् छ। यसैगरी निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ ।

त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको निगमले जनाएकाे छ।

Nigam Oil

January 31, 2026, Jyotishsanchar press

बनेपा । बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो २७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

सहकारीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाल र संस्थाका अध्यक्ष कैलाश के.सी.को सभाध्यक्षतामा सम्पन्न भएको हो । समारोहमा सहकारी अभियानमा योगदान पुर्याएका व्यक्ति, सदस्य, कर्मचारी तथा विद्यार्थीलाई विभिन्न सम्मान पनि प्रदान गरिएको थियो ।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकका अध्यक्ष गोपालप्रसाद दाहालको उपस्थिति रहेको थियो । अतिथिहरूले सहकारीको भूमिका, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका विषयमा धारणा राख्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा ‘वर्षको उत्कृष्ट सदस्य २०८२’ सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर तथा उत्कृष्ट बालबचतकर्तातर्फ रिभा उपाध्याय र युवेश थापा सम्मानित हुनुभयो । त्यस्तै, नियमित रक्तदानमार्फत सामाजिक योगदान पुर्याएको भन्दै दिपक सुवाललाई नियमित रक्तदाता सम्मान प्रदान गरिएको थियो ।

संस्थाले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले प्रदान गर्दै आएको बुसा शैक्षिक सम्मान अन्तर्गत यस वर्ष ६९ जना विद्यार्थी सम्मानित भएका छन् । स्नातकोत्तर तहतर्फ ९ जना (तह सर्वोत्कृष्टः दिनेश भुर्तेल), स्नातक तहतर्फ ७ जना (तह सर्वोत्कृष्ट सुमिना अवा) तथा दश जोड दुईतर्फ ५३ जना (तह सर्वोत्कृष्टः कृशला लुइटेल) सम्मानित भएका हुन् । तीनै तहका सर्वोत्कृष्ट ३ जना विद्यार्थीलाई नगद ५/५ हजारसहित ‘बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान’ प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।

1769768674364211.jpg

January 31, 2026, Jyotishsanchar press