Unnamed File.jpg
मेलम्ची । सिन्धुपाल्चोककाे मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुई दिने तालिम संचालन भएकाे छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय चौताराको आयोजनामा, फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको सहकार्यमा रेबिज रोग व्यवस्थापनसम्बन्धी दुई दिने तालिम मेलम्चीमा भएको हाे।
मेलम्ची रिभरसाइड इनमा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले रेबिज नियन्त्रणलाई नगरपालिकास्तरमै प्राथमिकताका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्यकर्मीको दक्षता नै प्रभावकारी उपचार र जनचेतना विस्तारको आधार हुने बताउनुभयो। उहाँले मेलम्चीमा प्रत्येक वर्ष करिब ५०० जनाले कुकुरको टोकाइका कारण जोखिम सामना गर्नुपरेको तथ्यसँगै नगर रेबिज उच्च जोखिम क्षेत्रमा परेका कारण अझ सशक्त तयारी जरुरी रहेको उल्लेख गर्नुभयो।
नगरप्रमुख तामाङले कुकुर व्यवस्थापन, खोप अभियान विस्तार, विद्यालय तथा समुदायस्तरका सचेतना कार्यक्रम र उपचार सेवाको पहुँच तथा गुणस्तर सुधारमा नगरपालिकाकाे निरन्तर सहयोगी भूमिका रहने आश्वासनसमेत दिनुभयो।
मेलम्ची तथा आसपासका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी सहभागी तालिममा रेबिज संक्रमणका प्रमुख स्रोत, जोखिम मूल्याङ्कन, PEP (पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस) को सही प्रयोग, खोप तथा केस व्यवस्थापन, र समुदायस्तरमा रोकथाम तथा नियन्त्रणका व्यवहारिक उपायबारे प्रशिक्षण प्रदान गरिएकाे आयोजकले जनाएको छ।
December 5, 2025, Jyotishsanchar press