Bijuli Ydovx5yqye
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतली लगायतका स्थानमा विद्युत कटौती गर्ने भएको छ ।
विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठ बजेदेखि मध्यान्ह १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।
मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दीर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।
यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठ बजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ। बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

December 6, 2025, Jyotishsanchar press