Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
उदयपुर । चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ६३ किलो ७६ ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वेलका नगरपालिका-६ बस्ने २३ वर्षीय रविनकुमार राई र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रामबहादुर राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले रामपुरबाट गाईघाटतर्फ आउँदै गरेको को.१ ज ३४५६ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा ३० वटा बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक रविन र गाडीमा सवार रामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

December 27, 2025, Jyotishsanchar press