Whatsapp Image 2026 01 07 At 15.39.32
काठमाडौं । पहिलो पटक तीन नेपाली खेलाडी भारतको बैंगलोरमा हुन गइरहेको ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता २०२६ मा सहभागिता जनाउन भारत प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर जगदीशचन्द्र जोशी ज्याकको नेतृत्वमा तीन सदस्य टोली बुधबार भारत प्रस्थान गरेका हुन् ।
प्रतियोगिता जनवरी ९ र १० तारिखमा भारतको बेङ्गलोर हुनेछ । जसमा स्ट्याटिक्सतर्फ समर लामा, फ्रि स्टाइलतर्फ संगम अधिकारी र महिला फ्रि स्टाइलतर्फ इसुरा राईले सहभागिता जनाउने छन् ।
यो प्रतिस्पर्धामा उत्कृष्ट दुई जना खेलाडीले विश्व च्याम्पियनसिपको यात्रा तय गर्नेछन् ।

January 8, 2026, Jyotishsanchar press