Arest Pakrau 1
भोजपुर । हतुवागढी गाउँपालिका-९ मचुवाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय किलोग्रामसहित आमचोक गाउँपालिका-९ बस्ने २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसमेत ९ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले ना.७ त ३५० नम्बरको ट्याक्टरलाई जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

January 29, 2026, Jyotishsanchar press