Rasifal 3
काठमाडाैँ । ०८२ साल फागुन ५ गते मंगलबार तदनुसार १७ फेब्रुवरी २०२६ । औंसी तिथी २७ घडी १२ पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र ३६ घडी ०३ पला उप्रान्त सतभिषा नक्षत्र प्रारम्भ हुनेछ । पद्म योग किम्स्तुघ्न करण आज बिहान सूर्योदय ६:४२ मा भयो भने सूर्यास्त साँझ ५:५५ मा हुनेछ । आज मंगलबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
माङ्गलिक कार्यमा बाधा आउने देखिन्छ। शत्रुपक्षबाट जोगिनुपर्ने योग छ। परिवारमा असामानजस्य वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउनाले मानसिकतामा बढेर जानेछ।
वृष राशि
गरिरहेको काममा बाधा आउने देखिन्छ। बौद्धिक कार्यमा ह्रास आउनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ ।
मिथुन राशि
विलासिताका सामान खरिद गर्न सकिने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिने योग छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुनाले मनमा खुशी छाउने छ ।
कर्कट राशि
अधुरा काम पूरा हुनुका साथै लेखन शैलीमा वृद्धि भएर जानाले मनमा उत्साह बढेर जाने देखिन्छ। बोलीमा आएको माधुर्यताले कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । प्रेम गर्ने अवसर मिल्नेछ।
सिंह राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबलरुपमा बढेर गएको छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । कुरा काट्नेहरू सक्रिय रहनेछन्।
कन्या राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ । पठनपाठनमा असफलता प्राप्त हुने देखिन्छ । आर्थिक लेनदेनमा विवाद आउने योग छ।
तुला राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। श्रव्य दृश्यमा समय व्यतित भएर जानुका साथै बोलीको प्रभाव बढेर जानेछ। साथीभाइको सरसहयोग प्राप्त हुनाले मनमा उत्साह बढेर जानेछ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ । लेखनशैलीमा तीव्रता आउने योग छ। पारिवारिक सरसहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबल रूपमा बढेर गएको छ।
धनु राशि
जागिरमा बाधा आउन सक्ने देखिन्छ। थोरै कुरामा पनि परिवारमा वादविवादको सिर्जना हुनेछ । मानसम्मानमा आघात पुग्ने देखिन्छ। झुठा आरोपको सामना गर्नुपर्नेछ सजग रहनुहोला।
मकर राशि
व्यापार व्यवसायमा लगानी बढाइनुका साथै नयाँ साथीको आगमनले मनमा बढी उत्साह बढेर जाने देखिन्छ । तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। भोज भतेरमा सहभागी भइनेछ ।
कुम्भ राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ।
मीन राशि
आफन्तको सहयोगले फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउनुका साथै मानसम्मानमा समेत वृद्धि भएर जाने देखिन्छ।

February 17, 2026, Jyotishsanchar press