काठमाडौं । तीन दशकदेखि निरन्तररुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन ‘सुरु गरेका छन् ।
पछिल्लो समय सांगीतिक एल्बमहरु निकाल्ने क्रम हराइसकेको अवस्थामा गायक बज्राचार्यका ‘आउटडोर सेसन’ अन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केही दिनको ग्याप राख्दै क्रमशः सार्वजनिक गर्न लागिएको हो ।
नयाँ गीत ‘हजार हजारमा’ को रिलिजसँगै ‘आउटडोर सेसन’ सुरु भएको र यस सेसनको अर्को गीत पनि अब केही दिनमै रिलिज हुने गायक बज्राचार्यले जानकारी दिनुभयो ।
हाल तयार पारिसकेका नयाँ गीतहरु एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका गायक बज्राचार्यको ‘हजार हजारमा’ गीतमा रुपेश बास्कोटाको शब्द र दीपककै संगीत तथा एरेन्ज रहेको छ।

January 2, 2026, Jyotishsanchar press







