‘चमेली’ दाेस्राे भाग सार्वजनिक (भिडियाेसहित)

काभ्रे । चर्चित लोकदोहोरी गीत ‘चमेली’ काे दाेस्राे भाग सार्वजनिक गरिएकाे छ । काभ्रे जिल्लाको बेथान्चोक गाउँपालिका–१, अल्कापुरिका स्थानीय कलाकार गोविन्द तिमल्सिना (चमेली बा) को पहिलाे गीत चमेली ले निकै चर्चा पायाे । गत शुक्रबार यसकै दाेस्राे भाग ‘चमेली–२’ सार्वजनिक गरिएको हाे।

गीतमा राजेन्द्र भण्डारीको शब्द, गोविन्द तिमल्सिनाको मौलिक लय तथा नारायण दङ्गालको संगीत संयोजन रहेकाे छ । गीतमा गोविन्द तिमल्सिना (चमेली बा), प्रतिमा अर्याल र राजेन्द्र भण्डारीको स्वर रहेको छ।

गीतको म्युजिक भिडियो ओमप्रकाश अवस्थीले छायांकन तथा सम्पादन गर्नुभएकाे हाे । भिडियो काभ्रेको बेथान्चोक गाउँपालिका–१ झिँगेडाँडा र अल्कापुरि आसपासका क्षेत्रमा छायांकन गरिएको थियाे । भिडियोमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, ग्रामीण जनजीवन, कृषि र पर्यटनका विविध पक्षलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।

पहिलाे भागमा चमेलीकाे मायामा परेका चमेली बा ले जहाँ पुगे पनि फर्किएर आउन चमेलीलाई अनुराेध गर्नुभएकाे थियाे । दाेस्राे भागमा पानी पर्याे बलेसी तर्केर भन्ने बाेलमा गीत प्रस्तुत गरिएकाे छ । अन्तिममा चमेली फर्किएर आएकाे प्रशंगले गीत मिलनमा टुंगिएकाे छ ।

‘चमेली–२’ को म्युजिक भिडियो राजेन्द्र भण्डारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियाे यस्ताे छः

Hp Screenshot 20251220 232745 Messengerjpgjz1jho7om

December 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको