काठमाडौँ । सर्जक साजन पराजुलीकाे निर्देशन र सम्पादनमा नयाँ गीत सार्वजनिक भएकाे छ । युट्युबमार्फत सार्वजनिक भएकाे दुई दिनमै याे गीत टिकटकमा धेरै रुचाइएकाे छ।
रामहरि भण्डारी, कुमार भण्डारी र काेपिला तामाङ वाइबाकाे स्वरमा रहेकाे गीतमा लय र शब्द राजकुमार खनालकाे रहेकाे छ।
गीतकाे म्युजिक भिडियाेमा मनाेहर भट्टराई, राजकुमार खनाल र अञ्जु सुवेदी तिमल्सिनाले अभिनय गरेका छन् । गीतकाे एरेन्ज नारायण दंगाल, स्टुडियाे शंकरा डिजिटल, रेकर्डिङ सागर पुन र मिक्सिङ कुमार पुनकाे रहेकाे छ।
अडियाे / भिडियाे आरबि फिल्मस र पाेष्ट प्राेडक्सन पूर्णिमा फिल्मसकाे रहेकाे गीतकाे भिडियाे यस्ताे छः

October 12, 2025, Jyotishsanchar press

