काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायाेजन गरेको छ। निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्य सूची अनुसार तेस्रो वर्गमा १४६ रुपैयाँ पर्नेछ।
आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्याइएको निगमले जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत छ। यो मूल्य आइतबार राति १२ बजेपछि लागू हुने निगमले जनाएकाे छ।
काठमाडौँ । शेयर बजारमा आज ‘करेक्सन’ देखिएको छ। आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको हो।
आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.९९ प्रतिशतको गिरावट हो।
आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिद-बिक्री भएको छ । आज ३४२ वटा स्क्रिप ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
काभ्रे । बनेपा बजारमा करिब डेढ वर्षदेखि अवरुद्ध अरनिकाे राजमार्ग विस्तारको काम अब सुचारु हुने भएकाे छ ।
आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतबीच काम सुचारु हुने सहमति भएको छ। यससँगै अब भने कामले निरन्तरता पाउने बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयाे । ‘लामाे छलफल र वार्तापछि हामी सहमतिमा पुगेका छाैं । अब काम राेकिँदैन ।’ प्रमुख शाक्यले भन्नुभयाे ।
सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत साँगा-धुलिखेल सडक खण्डको डिजिटल नापी नक्सा लागू भइसकेकाले सोही नक्सालाई आधार मानी सडक सीमाक्षेत्र कायम गर्ने तथा रेखाङ्कन गरी अवरूद्ध निर्माण कार्य सुचारू गर्ने निर्णय गरिएकाे उहाँले जानकारी दिनुभयाे ।
यस्तै बैठकमा सडक सीमाभित्र Design Standard नघट्ने गरी सडक निर्माण कार्य अघि बढाउने पनि निर्णय गरिएकाे छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा रहेको छ ।
बनेपा । २०८२ साल मार्ग १४ गते आइतबार तदनुसार ३० नोभेम्बर २०२५ । दशमी तिथी २४ घडी ० पला एकादशी तिथी प्रारम्भ हुनेछ । उतरभाद्र नक्षत्र ३६ घडी २१ पला उप्रान्त रेवती नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग बब करण आज बिहान सूर्योदय ६:३७ मा र सूर्यास्त साँझ ५:६ मा हुनेछ । आज आइतबार चन्द्रमा कुम्भ राशिमा ।
मेष पैतृक सम्पत्तीमा विवादको सिर्जना हुने देखिन्छ। व्यर्थैमा झैँझगडाको सामना गर्नुपर्नेछ। साथीभाइबाट आलोचित हुनुपर्ने योग छ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ ।
बृष अग्रगम पूरा भएर जानेछन्। शैक्षिक कार्यमा प्रगति भएर जाने देखिन्छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने योग छ। साथीभाइको नयाँ कार्यको थालनीसमेत हुने देखिन्छ।
मिथुन अनावश्यक विवाद बढेर जानेछ। बोलीमा कठोरता आउने योग छ। मानसम्मानमा आघात पुग्नेछ। गुप्ताङ्गसम्बन्धी समस्याले नसताउला भन्न सकिँदैन। विश्वास गरेका आफन्तबाट धोका पाइने योग छ।
कर्कट स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । वैदेशिक कार्यमा बाधा आउनेछ। गरिरहेको काममा विवादको सामना गर्नुपर्ने योग छ। स्थान परिवर्तनको योगसमेत रहेको देखिन्छ।
सिह शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। आर्थिक उन्नति वृद्धि हुनुका साथसाथै भौतिक साधन खरिद गरिने योग छ। नयाँ साथीको आगमनले काममा उत्साह बढ्नुका साथसाथै मानसम्मानसमेत प्राप्त गर्न सकिने योग छ।
कन्या न्यायिक कार्यमा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। लेखनशैलीमा तीव्रता आउने देखिन्छ । बौद्धिक कार्यमा अगाडि बढ्ने योग छ भने बोलीमा मिठास छाउने देखिन्छ।
तुला गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। पैतृक सम्पत्तीमा विवाद आउने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजायँ भोग्नुपर्दा मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन।
बृश्चिक जग्गा जमिनसम्बन्धी साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनुका साथसाथै परिवारमा असमानजस्य विवाद बढेर जानाले मानसिक तनाव बढेर जानेछ।
धनु व्यापार व्यवसायमा सफलता पाइने योग छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ । मातृ सुखमा वृद्धि भएर जानुका साथसाथै भोज भतेरमा समेत सामेल हुने अवसर जुट्नेछ।
मकर बाेलीको प्रभाव बढेर जानेछ। अनावश्यकरुपमा चल्दै आएको विवादको अन्त्य हुने योग छ। आर्थिक लेनदेनमा सुधार हुनुका साथसाथै साझेदारी काममा समेत सफलता प्राप्त गर्न सकिनेछ।
कुम्भ अनावश्यक वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउने योग छ। स्वास्थ्यसम्बन्धी समस्याले नसताउला भन्न सकिँदैन झुटा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ।
मीन पारिवारिक कलह बढेर जानेछ। वैदेशिक कार्यमा बाधा आउने देखिन्छ। साथीभाइको अपहेलनाले मानसिक तनाव बढेर जानुका साथसाथै पठनपाठनमा समेत असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जानेछ ।
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न भागबाट २१ जना पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमायासमेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैंयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेशसमेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैंयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ८ मा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।
बनेपाको स्मार्ट पार्टी प्यालेसमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच सहकारीले संस्थाका १९७ जना जेष्ठ सदस्यलाई सम्मान गरेको हो । शनिबार बनेपामा शुरु भएको सम्मान कार्यक्रम विभिन्न सेवाकेन्द्रमा समेत गरि १९७ जना सदस्यलाई सम्मान गरिने लक्ष्यका साथ अघि बढेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास वैद्यले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यलगायतले संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी बादेले जन्म दिने आमाबुबालाई खुशी राख्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताउनुभयो । उहाँले सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दिनेदेखि अन्य सुविधाहरु दिइरहेको अवस्थाका बीच आवाष सहकारीले आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै उहाँहरुको स्वास्थ्यमा हामीले विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बनेपाका प्रमुख शान्तिरत्न शाक्यले कार्यक्रमको सफलताको शुभकामना दिँदै कुनै समस्या परेमा नगरपालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । बनेपाकी उपप्रमुख विमला सापकोटा दाहालले नगरपालिकाले जेष्ठ नागरिक, महिला तथा बालबालिकाका क्षेत्रमा गरिरहेका कामहरुको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुरकृष्ण वैद्यले संस्थाले गर्दै आइरहेको सामाजिक उत्तरदायित्वका कामहरुको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता कामहरुलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष ग्रोबिन तौजलेले कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै ०५१ सालमा तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गरेको उल्लेख गर्दै अहिले थप सुविधाका साथ सरकारले जेष्ठ नागरिक लक्षित कार्यक्रम संचालन गरिरहेकोप्रति खुशी व्यक्त गर्नुभयो ।
बनेपा । काभ्रे जिल्लामा आज शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध रहने भएकाे छ।
नेपाल विद्युत प्राधिकरणले काभ्रे जिल्लाभर लोड कट आवश्यक पर्ने भएकाले दिनभरि सबै फिडरहरू बन्द रहने जनाएको हो।
प्राधिकरणका अनुसार काठमाडाैँ सब–स्टेशन अटोमेशन आयोजना अन्तर्गत भक्तपुर–बनेपा ६६ केभि प्रसारण लाइनमा बाइपास आइसोलेटर बदलाव कार्य गर्ने भएकाले काभ्रे वितरण केन्द्र र पाँचखाल वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण फिडरहरूमा विद्युत सेवा बन्द गर्नुपर्ने भएको हो।
प्राधिकरणले सम्भावित असुविधाका लागि क्षमायाचना गर्दै निर्धारित समयभित्र मर्मत तथा प्रतिस्थापन कार्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ।