Month: January 2026

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढेको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् छ। यसैगरी निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ ।

त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको निगमले जनाएकाे छ।

Nigam Oil

January 31, 2026, Jyotishsanchar press

बाँके । नेपालगंज उपमहानगरपालिका-१३ महापुर्वा बस्ने ३७ वर्षीय सन्तोषकुमार गोडियाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सन्तोषसमेत ५ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ४५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँसहित भारत घर भएका ३५ वर्षीय राहुल सिंहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

January 31, 2026, Jyotishsanchar press

बनेपा । बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो २७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

सहकारीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाल र संस्थाका अध्यक्ष कैलाश के.सी.को सभाध्यक्षतामा सम्पन्न भएको हो । समारोहमा सहकारी अभियानमा योगदान पुर्याएका व्यक्ति, सदस्य, कर्मचारी तथा विद्यार्थीलाई विभिन्न सम्मान पनि प्रदान गरिएको थियो ।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकका अध्यक्ष गोपालप्रसाद दाहालको उपस्थिति रहेको थियो । अतिथिहरूले सहकारीको भूमिका, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका विषयमा धारणा राख्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा ‘वर्षको उत्कृष्ट सदस्य २०८२’ सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर तथा उत्कृष्ट बालबचतकर्तातर्फ रिभा उपाध्याय र युवेश थापा सम्मानित हुनुभयो । त्यस्तै, नियमित रक्तदानमार्फत सामाजिक योगदान पुर्याएको भन्दै दिपक सुवाललाई नियमित रक्तदाता सम्मान प्रदान गरिएको थियो ।

संस्थाले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले प्रदान गर्दै आएको बुसा शैक्षिक सम्मान अन्तर्गत यस वर्ष ६९ जना विद्यार्थी सम्मानित भएका छन् । स्नातकोत्तर तहतर्फ ९ जना (तह सर्वोत्कृष्टः दिनेश भुर्तेल), स्नातक तहतर्फ ७ जना (तह सर्वोत्कृष्ट सुमिना अवा) तथा दश जोड दुईतर्फ ५३ जना (तह सर्वोत्कृष्टः कृशला लुइटेल) सम्मानित भएका हुन् । तीनै तहका सर्वोत्कृष्ट ३ जना विद्यार्थीलाई नगद ५/५ हजारसहित ‘बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान’ प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।

1769768674364211.jpg

January 31, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ ।

Dolor

January 31, 2026, Jyotishsanchar press

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा छ ।

आज दिउँसो तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहने र कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

Hot Waether Mausam Garmi

January 31, 2026, Jyotishsanchar press

काठमाडौँ । ०८२ साल माघ १७ गते शनिबार तदनुसार ३१ जनवरी २०२६ । त्रयोदशी तिथी १ घडी ४१ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ हुनेछ । पुनर्बशु नक्षत्र ४६ घडी ४६ पला उप्रान्त तिष्य नक्षत्र प्रारम्भ हुनेछ । बिस्कुम्भ योग गर करण आज बिहान सूर्योदय ६:५३ मा र सूर्यास्त साँझ ५:४२ मा हुनेछ । आज शनबार चन्द्रमा मिथुन राशि ।

मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। आफन्तको सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछ। नयाँ साथीको आगमनले कार्यमा थप लगानी बढाइनुले मनमा उत्साह बढेर जानेछ।

वृष राशि
आयआर्जनमा कमी आउनेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। आफन्तमा बहिरभाव आउनाले मनमा चिन्ता बढेर जानेछ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनुका साथै प्रेमी प्रेमिकाबीच माधुर्यता छाउनेछ। भोजभतेरमा सामेल भइनेछ।

कर्कट राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । पारिवारिक कलह बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्नेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुका साथै राज्यपक्षको समेत कष्टता पाइनेछ।

सिंह राशि
स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। न्यायिक काममा सफलता प्राप्त हुनाले मनमा खुसी छाउनेछ।

कन्या राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ। लेखनशैलीमा कमी आउने देखिन्छ। यात्रामा अवरोध आउनेछ। कुरा काट्नेहरु सक्रिय रहनुका साथै धनमालसमेत हराउन सक्ने सम्भावना बढेर गएको छ।

तुला राशि
टाउको दुख्ने समस्याले सताउने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ। व्यापार व्यवसायमा असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जाने छ। राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।

वृश्चिक राशि
व्यापार व्यवसायमा राम्रै आम्दानी गर्न सकिनेछ। स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ । पारिवारिक सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।

धनु राशि
अधुरा काम पूरा भएर जानेछन् । न्यायिक कार्यमा सफलता पाइने योग छ। मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। आफन्तको सहयोग पाइनुका साथै भोजभतेरमा समेत सामेल हुने अवसर जुट्नेछ।

मकर राशि
व्यर्थैमा झैँ झगडाको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। लेखन शैलीमा कमी आउनुका साथसाथै परिवारमा कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।

कुम्भ राशि
पराक्रममा कमी आउनेछ। लेखनशैलीमा ह्रास आउने देखिन्छ । राज्यपक्षबाट कष्टता पाइनुका साथै आर्थिक लेनदेनमा विवाद बढेर जानेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ।

मीन राशि
शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। स्थायी सम्पत्तिमा वृद्धि हुने योग छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनुका साथै नयाँ साथीको आगमनले काममा थप लगानी बढाइने योग छ।

Rasifal 1 1536x864 1

January 31, 2026, Jyotishsanchar press

ललितपुर । आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले विवादका क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा उनकाे घटनास्थलमै मृत्यु भएको भनि प्रहरी चौकी टिकाभैरवमा गई आफैँले जानकारी गराएपश्‍चात प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएको हो ।

उता १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेकाे बैजनाथ गाउँपालिका-६ एच गाउँ बस्ने खजुरा गाउँपालिका-७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अंगतरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

January 30, 2026, Jyotishsanchar press

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

हाल कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।

राति तराईका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ।

Mausam Bibhag

January 30, 2026, Jyotishsanchar press

काठमाडौँ । आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरुको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य शहीदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै शहीदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भइ नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने याे दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

Sahid Gate

January 30, 2026, Jyotishsanchar press

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्री दर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४० रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ।

Dolor

January 30, 2026, Jyotishsanchar press