ललितपुर । आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले विवादका क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा उनकाे घटनास्थलमै मृत्यु भएको भनि प्रहरी चौकी टिकाभैरवमा गई आफैँले जानकारी गराएपश्चात प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएको हो ।
उता १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेकाे बैजनाथ गाउँपालिका-६ एच गाउँ बस्ने खजुरा गाउँपालिका-७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अंगतरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

January 30, 2026, Jyotishsanchar press

